Top Ad unit 728 × 90

a
Ad Inside Post

तपाईँले थाहा नपाएको हुनसक्ने १६ रमाइला तथ्य

१. तासको खेलमा हुने प्रत्येक बादशाहले पश्चिमी इतिहासका महान् राजाहरूको प्रतिनिधित्व गरेको हुन्छ : सुरत — राजा डेभिड, चिडी — अलेक्ज्यान्डर महान्, इँट — जुलियस र पान — शार्लमेन ।
२. प्रत्येक मानिसको औंठाछाप फरक भएजस्तै जिभ्रोको छाप पनि फरक हुन्छ ।
३. १११,१११,१११ लाई १११,१११,१११ ले गुणा ग-यो भने १२,३४५,६७८,९८७,६५४,३२१ निस्कन्छ ।
४. घोडामा सवार व्यक्तिको मूर्तिमा घोडाले अगाडिका दुवै खुट्टा हावामा उचालेको छ भने घोडसवार युद्धमा मारिएको हो । घोडाको अगाडिपट्टिको एउटा खुट्टा हावामा उचालिएको छ भने घोडसवार युद्धमा लागेको घाउका कारण पछि मरेको हो । घोडाका चारै खुट्टा जमिनमै छन् भने घोडसवारको प्राकृतिक मृत्यु भएको हो ।
५. प्रश्न : बुलेटप्रुफ कपडा, भवनमा आगो लाग्दा बाहिर निस्कने सिँढी, गाडीको वाइपर तथा लेजर प्रिन्टरमा के समानता छ ? उत्तर : यी सबै महिलाले आविष्कार गरेका हुन् ।
६. प्रश्न : त्यस्तो कुन खानेकुरा छ जुन कहिलेपनि बिग्रदैन ? उत्तर : मह
७. गोहीले आफ्नो जिभ्रो बाहिर निकाल्न सक्दैन ।
८. चिप्लेकीरो तीन वर्षसम्म सुत्न सक्छ ।
९. सबै हिउँभालु देब्रे हाते हुन्छन् ।
१०. पुतलीले खुट्टाबाट स्वाद थाहा पाउँछ ।
११. उफ्रन नसक्ने जनावर हात्ती मात्र हो ।
१२. विगत ४००० वर्षमा कुनै पनि नयाँ जनावरलाई घरपालुवा बनाइएको छैन ।
१३. औसतमा भन्नुपर्दा मान्छे मृत्युभन्दा बढी माकुरोसँग डराउँछन् ।
१४. मात लागेपछि कमिला जहिलेपनि दायाँपट्टि ढल्छ ।
१५. मृत्युदण्ड दिनका लागि बनाइएको विद्युतीय कुर्सी एक दन्तचिकित्सकले आविष्कार गरेका हुन् ।
१६. अधिकांश लिपस्टिकमा माछाको कत्ला प्रयोग गरिएको हुन्छ ।स्रोत: लोकान्तर डटकम

तपाईँले थाहा नपाएको हुनसक्ने १६ रमाइला तथ्य Reviewed by a on 9:22 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.