युरोपबाट आयो नेपालीको लागि यस्तो खुसीको खबर
काठमाडौं, ५ भदौ । खाडी मुलुकहरु र मलेसियामा मात्रै कामदार पठाउँदै आएको सरकारले यस वर्षदेखि सरकारले युरोपेली मुलुक लिथुवानियामा नेपाली कामदार पठाउन गृहकार्य थालेको छ । पहिलोपटक युरोपमा संस्थागत रुपमा नै नेपाली कामदारको माग भएको हो । लिथुवानियाबाट कामदार माग भएपछि म्यानपावरमार्फत सरकारले संस्थागत रुपमा कामदार पठाउन अनुमति दिने तयारी गरेको हो ।
लिथुवानियाले निर्माण, औद्योगिक तथा सेवा क्षेत्रका उद्योगहरुका लागि पहिलो चरणमा १२ सय कामदार मागेको छ । युरोपियन देश लिथुवानिया रसियाबाट स्वतन्त्र भएको देश हो, जहाँको प्रतिव्यक्ति आय २८ हजार डलरभन्दा माथि छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले लिथुवानियामा समान्य मजदुरले पनि १३ सय युरो अर्थात झण्डै मासिक डेढ लाख रुपैयाँ भन्दा बढीसम्म आम्दानी गर्न सक्ने जानकारी दिए ।
लिथुवानियाबाट ईंटा भट्टामा काम गर्ने मजदुरदेखि दक्ष डाक्टर, नर्स, इञ्जिनियरलगायतको पनि माग आएको छ । सरकारले सबैपक्षको अध्ययन गरि मन्त्रिपरिषदमार्फत निर्णय गरेर लिथुएनियामा म्यानपावरहरुलाई कामदार पठाउन छिट्टै अनुमति दिने जनाएको छ । - लाइटनेपाल
No comments: