चन्द्रमामा समेत गएका अन्तरिक्ष यात्री बज अल्ड्रिन भोलि नेपाल आउने
बिराटनगर, भदौ १८ – अन्तरिक्षयात्री बज अल्ड्रिन भोलि आइतबार नेपाल आउने भएका छन् । एभरेष्ट साइन्स सेन्टरले शनिबार सुनसरीको शान्तिवन स्थित साइन्स सेन्टरमा पत्रकार सम्मेलन गरी बज अल्ड्रिन आउने विषयमा जानकारी गराएको हो । बज अल्ड्रिनले गर्ने भ्रमण र विद्यार्थीहरुसँग गर्ने अन्तरक्रिया लगायतको सम्पूर्ण तयारी पूरा भएको साइन्स सेन्टरले जनाएको छ । एभरेष्ट साइन्स सेन्टरको निमन्त्रणमा अल्ड्रिन नेपाल आउने भएका हुन् ।
चन्द्रमामा पहिलो पाइला राख्ने निल आर्मस्ट्रङसँगै अल्ड्रिन चन्द्रमामा पुगेका थिए । निल आर्मस्ट्रङको नेतृत्वमा जेमिनी–१२ रकेट चढेर चन्द्रमामा पुग्ने तीन जना मध्ये अल्ड्रिन मात्र जिवित छन् । अल्ड्रिनसँगै मंगलग्रहमा भविष्यमा वस्ती बसाउने कार्यक्रममा अध्यक्ष डाक्टर एन्डी र उनकी श्रीमती एवम् नासाकी अध्यक्ष मिस एलिजावेथ लेबनान्स पनि नेपाल आउने भएका छन् ।
भ्रमण दलका सदस्य नासाकी पूर्व एक्ज्युकेटिभ म्यानेजर मिसेज एलिजावेथ लेवल्यान र पेलोर्ड म्यानेजर जोसेफ लेवल्यान शुक्रबार नै काठमाडौं आइसकेका छन् । बज अल्ड्रिनले मंगलबार सुनसरीको शान्तिवन स्थित एभरेष्ट साइन्स सेन्टरमा पाँच हजार बढीलाई अन्ड्रिनले अन्तरिक्ष यात्राको अनुभव सुनाउने छन् ।
अन्तरक्रिया पछि एभरेष्ट साइन्स सेन्टरको अवलोकन गरी मंगलबारनै एल्ड्रिन सहितको टोली काठमाडौं फर्कने छ । भदौ २२ र २३ गते काठमाडौंको कार्यक्रममा सरिक भई अल्ड्रिन २५ गते फर्किने कार्यक्रम रहेको छ ।
सन् १९६९ जुलाई २० तारिख राति १० बजे निल आर्मस्ट्रङले चन्द्रमामा पाइला राखेका थिए भने २१ जुलाई बिहान दुई बजे अल्ड्रिनले चन्द्रमामा पाइला राखेका थिए । उनीहरु सवा दुई घण्टा चन्द्रमामा बसेर साँढे एक्काइस किलो नमूना सङ्कलन गरेर फर्केका थिए ।
No comments: