Top Ad unit 728 × 90

a
Ad Inside Post

‘जेष्ठ नागरिक परिचयपत्र’ पाएपछि खुसी हुदै वुद्ववृद्वा

पाल्पा, १८ भदौ । पाल्पा जिल्लाका ज्येष्ठ नागरिकलाई ‘जेष्ठ नागरिक परिचयपत्र’ वितरण गर्न थालिएको छ । महिला तथा बालबालिका कार्यालयले पहिलोचरणमा दशजना वृद्ध, वृद्वालाई ‘जेष्ठ नागरिक परिचयपत्र’ वितरण गरेको हो ।
तानसेन नगरपालिका– ३ का ७७ वर्षीय द्वारिकाप्रसाद शर्मालाई एक नम्बरको परिचयपत्र महिला विकास प्रमुख तुल्सा अर्यालले प्रदान गरे । परिचयपत्र पाएपछि यहाँ वृद्धहरुको अनुहारमा खुसी छाएको थियो ।‘बूढेसकालमा राज्यले आफूहरुको हितमा काम गर्न थालेकोले वृद्धाहरु निकै हर्षित बन्न थालेका छन् । सरकारले जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्तासमेत बढाएको र यो परिचयपत्रले जेष्ठ नागरिकको सम्मान भएको शर्मा बताउछन्।
तानसेन– ३ की ७८ वर्षीया पूर्णमाया महर्जनले परिचयपत्र पाएपछि निकै खुसी भए । राज्यले समाजका जेष्ठ नागरिकका लागि यो ठूलो सम्मान गरेको बताए । तानसेनकै अर्का ६८ वर्षीय डिलबहादुर शाक्यको पनि अनुहारमा खुसीको मुस्कान देखिएको थियो । परिचयपत्र पाएपछि तानसेनकै ६१ वर्षीय दुर्गा सारु, ६८ वर्षीय शालिकराम अधिकारी, ७२ वर्षीय जगन्नाथ शर्मा लगायतको अनुहारमा परिचयपत्रले खुसी ल्याएको थियो । पाल्पा जिल्लामा ७० वर्ष नाघेका झन्डै ४९ हजार बढी जेष्ठ नागरिक रहेका छन् । पाल्पा जिल्लामा जेष्ठ नागरिकका लागि हावापानी उपयुक्त रहेको जानकारहरु बताउँछन् ।
प्रमुख अर्यालले जेष्ठ नागरिकको हितका लागि परिचयपत्र लाभदायी हुने बताउँछन् । अन्य जेष्ठ नागरिकलाई समेत छिटै परिचयपत्र वितरण हुने जानकारीसमेत उनले गराए । फुर्सुदमा समय बिताउनका लागि दिवाश्रम बनाउन सकेको अवस्थामा वद्धहरुलाई सबै भन्दा हित हुने र वृद्धहरुको नियमित भेटघाट हुनेस्थल बन्ने वृद्धहरुको भनाइ छ । रासस

‘जेष्ठ नागरिक परिचयपत्र’ पाएपछि खुसी हुदै वुद्ववृद्वा Reviewed by a on 3:08 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.