Top Ad unit 728 × 90

a
Ad Inside Post

वाइवाई अब युरोपमा उत्पादन हुँदै

काठमाडौं, पुस १५ । चौधरी ग्रुपले युरोपमा पनि वाइवाई चाउचाउको उत्पादन सुरु गर्ने भएको छ । युरोपेली राष्ट्र सर्बियाको रुमा सहरमा वाइवाई प्लान्ट स्थापना अन्तिम चरणमा पुगेको चौधरी ग्रुपले जनाएको छ ।
युरोपेली महाद्वीपमा चौधरी ग्रुपको यो पहिलो उद्योग हुने र चौधरी युरोपबाट तयारी चाउचाउको उत्पादन थाल्ने नेपालको पहिलो व्यावसायिक समूह हुने कम्पनीले जनाएको छ ।
सर्बियाबाट निकट भविष्यमै वाइवाईको व्यावसायिक उत्पादन सुरु हुने ग्रुपले जनाएको छ । त्यहाँबाट उत्पादित चाउचाउ युरोपेली बजारमा वितरण गरिने छ ।
सर्बियामा स्थापित उद्योगले पहिलो चरणमा करिब चार सयलाई रोजगारी दिनेछ । उत्पादन र वितरण सुरु हुँदासम्म १२ सयभन्दा बढीलाई रोजगारी प्रदान गर्ने चौधरी ग्रुपले जनाएको छ । वाइवाई विश्वका ३० मुलुकमा उपलब्ध रहेको ग्रुपको भनाइ छ ।
-नयाँ पत्रिका दैनिकबाट

वाइवाई अब युरोपमा उत्पादन हुँदै Reviewed by a on 6:18 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.