Top Ad unit 728 × 90

a
Ad Inside Post

आगामी पुसदेखि बाहिरी चक्रपथको काम स्थलगत रुपमै सुरु हुने

चालु आवभित्रमा उपत्यकाका तीनै जिल्लालाई जोड्ने बाहिरी चक्रपथको अध्ययन सकेर आगामी आवको मध्यबाट स्थलगत रुपमै काम सुरु हुने भएको छ ।

अव्यवस्थित रुपमा बढेको उपत्यकाको बस्तीलाई व्यवस्थित बनाउन सरकारले विसं २०६२ मा बाहिरी चक्रपथको अवधारणा ल्याएको थियो । ७२ किमीको चक्रपथ काठमाडौँमा ३५.०८ किमी, ललितपुरमा १५.८० किमी र भक्तपुरमा २१.०५ किमी बनाइने गरी प्राविधिक नाप जाँच गरिएको बाहिरी चक्रपथ निर्माण आयोजना प्रमुख रमामैयाँ मानन्धरले जानकारी दिईन्।

“आठ लेन, ५० मि चौडाइको सडकमा साइकल लेनको पनि व्यवस्था गरिएको छ, बाहिरी चक्रपथको दायाँबायाँ २५० मि जग्गा एकीकरण गरी ६२ हजार रोपनी क्षेत्रफलमा व्यवस्थित बस्ती विकास गरिनेछ”–उनले भनिन्।

चक्रपथ काठमाडौँमा वागमती (चोभार), गाम्चा, सतुङ्गुल, नैकाप–पुरानो भञ्ज्याङ, सीतापाइला, नागार्जुनडाँडा, नेपालटार, गोङ्गबु, टोखागाउँ, चपली, कपन, जगडोल, सन्डोल र थलीडाँछी क्षेत्र भएर जानेछ ।

भक्तपुरमा गामफेदी, पकाउनेपाटी, बाँसबारी, याङ्डोल, मसानडोल, भातेढिकुरो, नयाँ ठिमीबाट दधिकोट हुँदै अगाडि बढ्नेछ । ललितपुरमा लुभु, ठैव, धापाखेल, ठेचो, बुुङ्मती हुँदै वागमती चोभारसम्म जाने गरी नापजाँचको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

चक्रपथलाई जोड्न ३४ वटा पक्की पुल एवम् हालको चक्रपथबाट बाहिरी चक्रपथमा जोड्ने ४७ वटा मार्ग हुने जानकारीसमेत आयोजना प्रमुख मानन्धरले दिईन्। चक्रपथ बनाउने क्रममा ६२ हजार रोपनी जग्गालाई व्यवस्थित बस्तीका रुपमा विकास गरिनेछ ।
निर्माणको लागि लागत छ अर्ब ३६ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

आव २०६५÷०६६ मै चोभारबाट सतुङ्गुलसम्म छ किमी निर्माणको काम स्थलगत रुपमा गर्न लागिएकामा कीर्तिपुर नगरपालिकाले खेतीयोग्य जमिनबाट सडक निर्माण गर्न नहुने माग गरेपछि खेतीयोग्य जमिन बचाएर फेरि नापजाँच भएको आयोजनाले जनाएको छ । - Setopati

आगामी पुसदेखि बाहिरी चक्रपथको काम स्थलगत रुपमै सुरु हुने Reviewed by a on 8:06 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.