Top Ad unit 728 × 90

a
Ad Inside Post

तीन देशका कम्पनी नेपालमा ग्यास आपूर्ति गर्न इच्छुक

इन्धनमा भारतको मात्र भर पर्दै आएको नेपाल आयल निगमले विकल्प खोजिरहेका बेला केही विदेशी कम्पनीले नेपालमा ग्यास आपूर्ति गर्न इच्छा देखाएका छन्।

भारतको नाकाबन्दीपछि इन्डियन आयल कर्पोरेसन आइओसीले मागे जति ग्यास नदिएपछि सरकारले बिकल्प खोज्ने तयारी गरिरहेको बेला चीन, दुबई, मलेसियाका कम्पनीले ग्यास आपूर्ति गर्ने चाहना राखेका हुन्।

नाकाबन्दी खुलेको दुई महिनासम्म पनि उपभोक्तालाई ग्यास पुर्याउन नसकेकोले सरकारले नीतिगत निर्णय गरे अन्य देशबाट पनि ग्यास ल्याउन सकिने नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले बताए।

अहिलेसम्म मासिक करिब २९ हजार मेट्रिक टन ग्यास खपत हुँदै आएकोमा उर्जा संकट र सहरी संस्कृतिको विकासले उपभोक्ता बढेकाले करिब १० हजार मेट्रिक टन ग्यासको माग बढेको निगमले जनाएको छ।
दाउराको प्रयोग घट्दै गएको र बिजुली पर्याप्त आपूर्ति नभएको बेला ग्यास प्रयोगकर्ता बढडैकाले बजारमा किरब ४० हजार मेट्रिक टन ग्यास आवश्यक देखिएको हो।-नागरिक दैनिक

तीन देशका कम्पनी नेपालमा ग्यास आपूर्ति गर्न इच्छुक Reviewed by a on 1:49 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.