Top Ad unit 728 × 90

a
Ad Inside Post

नेपालमा भूकम्पले डर लाग्दो समस्या बढाउँदै गएको खुलासा !

काठमाण्डु, १ वैशाख – नेपालमा भूकम्प गएको एक वर्ष पूरा हँुदा पनि यसको परकम्पले मानिसलाई त्यो दिन बिर्सन दिएको छैन । लगातारको कम्पले त्रास हट्न सकेको छैन भने यसले मनोसामाजिक समस्यालाई पनि बढादिएको छ ।


भूकम्पपछि त्रसित भएर भाग्दा गम्भीर मानसिक समस्या उत्पन्न हुनसक्ने मनोचिकित्सकले बताएका छन् । केही वस्तु हल्लँदा पनि डराउने, त्रासको महसुस हुने कारण मानिसमा मानसिक समस्या बढ्दै गएको भनाइ उनीहरूको छ ।

रासससँग कुरा गर्दै त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मानसिक तथा मनोरोग विशेषज्ञ प्रा डाक्टर सरोजप्रसाद ओझाले भूकम्पले अझ पनि मानिसमा निद्रा नलाग्ने, मनको धड्कन बढ्ने, बढी डराउने, आत्तिने, अग्लो ठाउँमा जान वा बस्न नसक्ने र आत्मविश्वास गुम्नेजस्ता समस्या बढाएको बताए ।

यस्तो समस्याले विद्यार्थी, वृद्धवृद्धा, बालबालिका र महिलामा बढी प्रभाव पारेको छ । उहाँका अनुसार यस्ता मनोसामाजिक समस्याको समयमै निदान नगरिए मानसिक रोगलाई बढाउने खतरा रहन्छ । धेरैले फेरि पनि के हुने हो ? भन्ने डरका कारण आत्मविश्वास गुमाएको उनको भनाइ छ । उनले भने ‘भूकम्पका कारण धेरैको दिमाग शून्यतामा पुग्न सक्छ ।

शून्यताबाट सामान्य अवस्थामा आउन समय लाग्छ । यो बीचमा मानिसले सकेसम्म धैर्य गर्नुपर्छ ।’
कमजोर आँट भएकालाई यस्तो अवस्थाले लामो समयसम्म डर लागिरहने डा ओझाको भनाइ छ ।

यसलाई चिकित्सा विज्ञानको भाषामा ‘पोस्ट ट्रमाटिक मेन्टल डिसअर्डर’ भनिन्छ । भूकम्प आएसँगै आत्तिएर भाग्दा मानसिक रूपमा मात्र नभई शारीरिक चोटसमेत लाग्ने भएकाले धैर्यता कायम गर्न चिकित्सकहरूले सुझाएका छन् ।

उनले अझसम्म पनि मन डराउने, काममा ध्यान नजाने, अज्ञात भयले सताउने जस्ता समस्या लिएर दैनिक चारजनासम्म बिरामी आउने गरेको जानकारी दिए । ‘यो त्रासले ल्याएको मनोसामाजिक समस्या हो, त्यसमाथि सञ्चारमाध्यममा आउने खबरले पनि मानिसमा त्रास बढाएको छ,’ उनले भने ।

यसका लागि मनोपरामर्श दिने सेवा सर्वसुलभ हुनुपर्ने विज्ञहरूको सुझाव छ । मन्त्रालयमा यस विषयमा कुनै छलफल नभएको एक विज्ञले बताए ।
kathmandutoday

नेपालमा भूकम्पले डर लाग्दो समस्या बढाउँदै गएको खुलासा ! Reviewed by a on 1:41 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.