Top Ad unit 728 × 90

a
Ad Inside Post

जाँदाजाँदै ह्यारीले भने–फेरि नेपाल आउन सक्छु

११ दिन लामो नेपाल बसाइ सकेर बेलायती राजकुमार ह्यारी बुधवार साँझ स्वदेश फर्केका छन्। कतार एयरवेजको उडानबाट राजकुमार ह्यारी बुधवार बेलुकी सवा ९ मा दोहा हुँदै बेलायत फर्केका हुन्। संघीय मामिला राज्यमन्त्री कुन्ती शाहीले ह्यारीलाई त्रिभुवन विमानस्थलमा विदाइ गरिन्।

प्रस्थान गर्नुअघि भावुक मुद्रामा देखिएका ह्यारीले राज्यमन्त्री शाही र सरकारी अधिकारीसँग बिदाईका क्रममा भने,‘म तपाईँहरुको सुन्दर मुलुकबाट प्रभावित भएँ। मौका मिले फेरि पनि भविष्यमा यहाँ आउन सक्छु। न्यायो आतिथ्यताका लागि धन्यवाद।’ चैत ६ गते नेपालको औपचारिक भ्रमणका लागि आएका बेलायतका कान्छा राजकुमार ह्यारीले आफ्नो भ्रमण अवधि ६ दिन थपेका थिए।

औपचारिक भ्रमणको अन्तिम दिन चैत १० गते बसाइ लम्ब्याएका उनले भूकम्पका कारण क्षतिग्रस्त नेपालका लागि सानै सहयोग भएपनि गर्छु भन्दै नीजि भ्रमण गरेका थिए। अन्नपूर्ण पोस्ट

जाँदाजाँदै ह्यारीले भने–फेरि नेपाल आउन सक्छु Reviewed by a on 7:40 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.