दिदीको परिक्षा दिने बहिनी पक्राउ
चैत्र १८, २०७२- विद्यार्थीहरुका लागी फलामे ढोका मानिने एसएलसी परिक्षाको पहिलो दिनमै एक जना नक्कली परिक्षार्थी पक्राउ परेकी छिन् । चौतारा मावि, मार्पाक वाट परिक्षा दिने सिम्वल नंवर १२६०७९६ की प्रेममाया तामाङ्गको नाम वाट निजकै वैनी शर्मिला तामाङ्गले परिक्षा दिई रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । दुवै परिक्षार्थी लाई आवस्यक कार्वाहीको लागी सदरमुकाम ल्याएको प्रहरी उपरिक्षक सरदकुमार खत्रीले वताए ।
जिल्लाका २६ वटा परिक्षा केन्द्रमा ७ हजार २ सय ४४ जना परिक्षार्थी संलग्न छन् ।
परिक्षा दिनेहरुमा छात्रको भन्दा छात्राको संख्या करिव ६ सयले वढी छ । एक्जेम्ेटेड तर्फ पनि छात्र भन्दा वढी छात्राकै संख्या वढी छ । यसपाला एक्जेम्टेड तृर्फ ५ सय ९७ जना छात्रा र २ सय ३८ जना छात्रले परिक्षा दिदैंछन् ।
परिक्षा समन्वय समितीले गरेको परिक्षा अनुगमनका क्रममा पुरुष भन्दा महिलाहरु मात्रैले संचालन ग।ेको परिक्षा केन्द्र मर्यादित र शान्त देखिएकोछ । जिल्ला समन्वय समितीले सदरमुकामको वालमन्दिर माध्यमिक विद्यालमा संचालित परिक्षा केन्द्रमा नानीमैंया कार्की लाई केन्द्राध्यक्षको जिम्मा दिई , सहायक केन्द्राध्यक्ष, निरिक्षक र सुरक्षाकर्मी समेत महिलाहरुनै परिचालन गरेकोछ ।
‘सदरमुकाम भएकै कारण सधैंका वर्ष अस्तव्यस्त रहने परिक्षाकेन्द्र यसपाला शान्त र मर्यादित रहेको’ जिल्ला शिक्षा कार्यालयले दावी गरेकोछ । २६ वटा परिक्षाकेन्द्र मध्य वालमन्दिर मावि सहित ३ वटा परिक्षा केन्द्र मिन्दुका मावि नलाङ र जनजागृती उमावि थाँक्रेमा महिला केन्द्राध्यक्ष छन् ।
परिक्षाको पहिलो दिन अंगेंजी विषयको परिक्षा दिन कुल परिक्षार्थीहरु मध्य जिल्लाभरमा १ सय ५ जना परिक्षर्थीहरु अनुपस्थित रहेका थिए ।
परिक्षा केन्द्रको वाहय वातावरण शान्त रहे पनि परिक्षा हल भित्र अनुगमनकर्ताहरु नभएको मौका छोपेर निरिक्षकहरु द्धारानै खुलेआम परिक्षार्थीहरु लाई उत्तर सिकाईने गरिएकोछ ।
kantipur
Reviewed by a
on
6:57 AM
Rating:
No comments: