Top Ad unit 728 × 90

a
Ad Inside Post

नेपाल सरकारका सबै सचिवहरुले धरहरा निर्माणका लागि तीन दिनको तलब दिने

नेपाल सरकारका सबै सचिवहरुले भुकम्पबाट भत्केको धरहरा निर्माणका लागि तीन दिनको तलब दिने घोषणा गरेका छन् । पुननिर्माणका लागि सरकारले शुरु गरेको “मेरो धरहरा म बनाउँछु” भन्ने अभियान अन्तर्गत सचिवहरुले तीन दिनको तलब उपलब्ध गराउँन लागेको हो ।

सोमबार बसेको सचिवहरुको बैठकले “मेरो धरहरा म बनाउँछु” भन्ने अभियानप्रति ऐक्यवद्धता जनाउँंदै तीन दिनको तलव बराबरको रकम दिने निर्णय गरेका हुन् । योसँगै “मेरो धरहरा म बनाउँछु” अभियानका लागि स्थापित कोषमा सबै सचिवहरुले पाउने दिनको पारिश्रमिक जम्मा गरिने भएको छ ।

नेपाल सरकारले आफ्नै लगानी र योजनामा धरहरा बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो अभियानका लागि आफ्नो एक महिनाको तलब ६१ हजार ८२० रुपैया जम्मा गरिसक्नु भएको छ ।
News24Nepal.com बाट

नेपाल सरकारका सबै सचिवहरुले धरहरा निर्माणका लागि तीन दिनको तलब दिने Reviewed by a on 8:13 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.