Top Ad unit 728 × 90

a
Ad Inside Post

प्रतिकिलो १ लाख रुपैयामा बिक्रि हुन्छन नेपाली झिंगा

नेपालबाट चीनतिर रक्तचन्दन तस्करी नौलो समाचार रहेन । नौलैचाहि के छ भने सीमावर्ती तिब्बती सहर खासामा अकल्पनीय मूल्यका साथ बिक्री हुने गरी नेपाल हुँदै ठूलो परिमाणमा झिंगा जान्छ ।

अर्को अचम्म,हजामले काटेको तपाईको कपाल पनि तस्करी भएर त्यहीँ पुग्न सक्छ । तिब्बतको तस्करी बजार अपार छ । नेपालले त्यसमा आफ्नो भाग बाक्लो पार्दै लगेको छ ।

तस्करी हुने झिंगा घरका नभएर बनका हुन् । ठूला र हरिया बन झिंगा कुहाएर तिब्बतमा बनाइने रक्सीको माग युरोपेली बजारमा रहेको जानकारहरुले बताए ।

नेपालका जंगल चहारेर वन झिंगा जम्मा पारिन्छन र खासातर्फ पठाइन्छन्, जहाँ त्यसको सरदर मूल्य प्रतिकिलो १ लाख रुपैया पर्न जान्छ । ‘वनझिंगा जान्छ भन्ने सुनेका हौं, तर अहिलेसम्म बरामद गर्न सकिएको छैन्’ पूर्वबाग्मती अंचल प्रमुख एसएसपी पशुपति उपाध्यायले भने । तराई र महाभारत शृंखलाका घना जंगलमा पाइने वनझिंगा कुहिएका फलफुल तथा मानिसको दिसा वरपर रहन रुचाउँछन् ।

वनझिंगा जिउँदै पक्रन झुलभित्र मह राखदेर जंगलमा टासिन्छ । झुलमा छिरेपछि वनझिंगा त्यहाँभित्र राखिएको राखिएको गममा टाँसिएर संकलित हुन्छन् । गाउँलेद्वारा संकलित वनझिंगा स्थानीय एजेन्टमार्फत तस्करी च्यानलको व्यापारीकहाँ पुग्छ,जसलाई विभिन्न उपाय लगाएरखासा पर्याइछाड्छन्,आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिकिलो १ लाख रुपैयामा बिक्रि हुन्छन नेपाली झिंगा Reviewed by a on 3:28 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.