उत्तर कोरियाको चेतावनी : दक्षिण कोरिया र अमेरिका माथि आणविक आक्रमण गर्ने
एजेन्सी, २४ फागुन । अघिल्लो हप्ता राष्ट्रसंघको सुरक्षा परिषद्ले लगाएको हालसम्मकै कडा प्रतिबन्धको सामना गगरेको उत्तर कोरियाले अमेरिका र दक्षिण कोरिया माथि आक्रमण गर्ने चेतावनी दिएको छ । उसले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासविरुद्ध अन्धाधुन्ध आणविक आक्रमण गर्ने धम्की दिएको छ ।
उत्तर कोरियाले विज्ञप्ति जारी गरी ‘न्यायका लागि प्रारम्भिक आणविक आक्रमण’का लागि आदेश दिइएको उल्लेख छ । उत्तर कोरियाले अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासलाई हस्तक्षेपका लागि पूर्वाभ्यास ठानेको छ । अहिलेसम्म कै ठूलो मानिएको वार्षिक सैन्य अभ्यासमा ३ लाख भन्दा बढी सैनिक सहभागि हुने बताइएको छ ।
यता दक्षिण कोरियाले भने उत्तर कोरियाको कुनै पनि गतिविधिले आफूलाई नभई उत्तर कोरियालाई नै नोक्सान पुग्ने चेतावनी दिएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले प्योङयाङको दूस्साहसपूर्ण कुनै पनि कार्यले उसलाई नै नोक्सान पुर्याउने चेतावनी दिएको हो ।
रक्षा प्रवक्ता मुन साङ ग्युनले उत्तर कोरियाले आफूहरुको चेतावनीलाई वेवास्ता गरेर उत्तेजना फैलाउने कार्य गरे दक्षिण कोरियाली सेनाले यसको कडा जवाफ दिने बताएका छन् ।
उत्तर कोरियाले आणविक, रकेट लगायत छोटो दूरीको मिसायल परीक्षण गरेपछि त्यस क्षेत्रमा तनाब बढ्दो छ । नाकाबन्दीको विरोधमा उत्तर कोरियाले आणविक हतियार प्रयोगका लागि तयार भएको धम्की दिँदै आएको छ ।
No comments: