Top Ad unit 728 × 90

a
Ad Inside Post

अहिले सम्पूर्ण नेपालीको हाइ-हाइ पाएका ह्यारीको बिबादस्पद बिगत जुन धेरै नेपालीलाई आजपनि थाहा छैन!

नेपालमा रहिरहँदा उनका व्यवहारको खुलेर प्रशंसा भैरहेको छ । ह्यारी किन हरि भएर नेपालमा जन्मिएनन भन्ने खालको प्रतिक्रिया अहिले विभिन्न सामाजिक सञ्जालमा व्यापक छ । तर यो भनिरहँदा उनको विगत कम विवादित छैन । –
१. हिटलरको पहिरनमा ह्यारी
सन् २००५ मा राजकुमार ह्यारीका साथिले आयोजना गरेको पाटिमा ह्यारी हिटलरले लगाउने पहिरनमा देखिए । उनको यो पहिरन सहितको तस्विर विश्वभर बिबादास्पद बनेपछि उनले सार्बजनिक रुपमा माफि मागे । माफि माग्दा उनले भने, मेरा कारणले कसैलाई चोट पर्न गएको खण्डमा माफि चाहन्छु ।
२. नांगो तस्विर
सन् २०१२ मा ह्यारीको नांगो तस्विर सार्वजनिक भयो । लस भेगासमा पार्टिमा मस्त ह्यारीको नागों फोटो उनका कुनै साथिले लिक गरिदिएका थिए । फोटोमा उनि अर्को नांगो ब्यक्तिलाई अंगालो मारिरहेका देखिन्छन् ।
३. पाकिस्तानी सैनिकलाई हेपेको आरोप
सन् २००६मा एक भिडियो सार्वजनिक भयो । भिडियोमा ह्यारी सैनिक पोशाकमा तालिममा जानका लागि विमानस्थलमा कुरिरहेको अवस्थामा देखिन्छन् । यसैबीच उनले सहकर्मी सैनिकलाई हाम्रो सानो पाकि साथी खै भन्दछन । जबकि पाकि भन्ने शब्द पाकिस्तानीहरुलाई हेपेर भनिने शब्द हो । यो भिडियो सार्वजनिक भएपछि ह्यारीलाई हेपाहा प्रवृत्तिको मान्छे भन्ने आरोप लाग्यो ।
४. जनावरमाथि अत्याचारको आरोप
राजकुमार ह्यारी पोलो खेलमा निकै रुचि राख्दथे । सन् २०१० मा एक पोलो खेलमा ह्यारी चढेको घोडा रक्ताम्य भएर साईड लिन खोज्दा समेत ह्यारीले लगातार दबाब दिएर खेलेपछि उनीमाथी जनावर अधिकारवादीहरुले जनावरमाथि अत्याचार गरेको भन्दे निर्दयी मानिस भनेर आरोप लगाए ।
५. स्कुलमा चिट चोरेर पास भएको आरोप
अध्ययनमा कमजोर ह्यारीले सन् २००५ मा चिट चोरेर ए लेभल पास गरेको आरोप लाग्यो । परिक्षा समय सकिए पनि त्यहाँ निरिक्षणकर्ताको रुपमा रहेका एक शिक्षकले उनलाई मद्यत गरेको आरोप लाग्यो तर पछि ह्यारी र ति शिक्षक दुबैले यस कुरालाई अस्विकार गरेका थिए ।
६. फोटोग्राफरमाथि आक्रमण
सन् २००४ मा नाईट क्लबबाट निस्कदै गर्दा ह्यारीले फोटोग्राफरमाथी हातपात गरे । घटनाको छानबिन हुँदा ह्यारीका प्रतिनिधीले क्यामेरा उनको अनुहारमाथि ठोक्किएको जवाफ दिए पनि धुलाई खाने पत्रकारले ह्यारीले बिनाकारण उनलाई निर्ममतापूर्बक कुटेको बताएका थिए ।
७. लागुपदार्थ सेवनको आरोप
सन् २००२ मा १७ बर्षका ह्यारी कम उमेरमा नशालु पदार्थ पिएकोमा समातिए । त्यसपछि थाहा भयो कि उनि लागु पदार्थको सेवन गर्दा रहेछन् । पछि उनले यसका लागि माफि मागे र उनका पिता प्रिन्स चाल्र्सले उनलाई सुधार केन्द्रमा पठाए । उनले त्यहाँ केहि दिन बिरामी झैं बिताएका थिए ।
८. ब्रारी ह्यारी
पार्टी र मोजमस्तीका खोखिन ह्यारीको अर्को गोप्य तस्विर सार्वजनिक भयो । हाइ क्लास पार्टीमा उनले हातमा बियरको क्यान लिएर ब्रा लगाएको अवस्थामा उनको तस्विर सार्वजनिक भयो । यसले पनि उनलाई विवादमा ल्यायो ।

अहिले सम्पूर्ण नेपालीको हाइ-हाइ पाएका ह्यारीको बिबादस्पद बिगत जुन धेरै नेपालीलाई आजपनि थाहा छैन! Reviewed by a on 9:03 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.