डिभोर्सको चर्चाविच अरवाज-मलाइकाको बयान-‘हामी अलग भएको सत्य हो’
लामो समयदेखि डिभोर्सको चर्चामा घेरिएका बलिउडका चर्चित जोडी अरवाज खान र मलाइका अरोरा खानले अन्तत मुख खोलेका छन् । यी दुइले संयुक्त विज्ञप्ती जारी गर्दै आफूहरु अलग भएको कुरालाई स्विकार गरेका छन् ।उनीहरुले लामो समयदेखि आफूहरुको बिषयमा चर्चा भएपनि यसलाई व्यक्तिगत कुरा मान्दै मौन बसेको बताए । तर, मौन बस्नुको अर्थ आफूहरु कमजोर नभएको यी दुइको भनाई छ ।
आफूहरु दुइको विचको कुरालाई लिएर नकारात्मक चर्चा समेत गरिएकोमा यी दुइले आपत्ती जनाएका छन् ।आफूहरुको पनि परिवार र बच्चा भएको भन्दै उनीहरुले मलाइकाले डिभोर्सका लागि लगातार वकिलसँग कुरा गरिरहेको भन्ने समाचारलाई पनि झुटो भनेका छन् ।
उनीहरुले आफूहरुले अलग हुने निर्णय गरेको कुरा सत्य भएको बताएका छन् । तर, आफूहरुको जीवन कसरी अगाडि बढाउने र दुइको सम्बन्धलाई कुन ढंगले प्रस्तुत गर्ने भन्ने कुरा नितान्त व्यक्तिगत भएको विज्ञप्तीमा उल्लेख छ । आफूहरु तेश्रो व्यक्तिका कारण अलग भएको भन्ने समाचारलाई असत्य भन्दै अरवाज र मलाइकाले कुनै व्यापारी मलाइकाको जीवनमा नआएको बताएका छन् ।
यस्तै, मलाइकाको पहिरनमा परिवारले जनाएको आपत्ती र सलमान खानको भन्दा अरवाजको नाम कमजोर हुनु नै डिभोर्सको मुख्य कारण भएको भन्ने समाचारलाई पनि यो जोडीले विज्ञप्तीमा भ्रामक भनेको छ । आफूहरुको सम्बन्ध अलग हुनुलाई विभिन्न कारण देखाएर प्रस्तुत नगरिदिन पनि यी दुइले आग्रह गरेका छन् । आफूहरुको गोप्यतालाई ध्यान दिएर सम्मान गरिदिन मलाइका र अरवाजले सबैसँग आग्रह गरेका छन्
Reviewed by a
on
10:54 AM
Rating:
No comments: