Top Ad unit 728 × 90

a
Ad Inside Post

अमेरिकाले फिर्ता गर्यो हिन्दु देवताको मन्दिर…

अमेरिकाको एक सङ्ग्रहालयले दक्षिण पूर्वी एसियाली देश कम्बोडियालाई हिन्दु देवताको एक प्राचीन मूर्ती फिर्ता गरिदिएको छ।

यो मूर्ती पहिलो कम्बोडियाबाट चोरी भएको खबर प्राप्त भएको छ। ‘डेनभर आर्ट म्यूजियम’का अधिकारीहरूले कम्बोडिया सरकारलाई राजधानी ‘
नोम पेन’मा भएको एक समारोहमा यो मूर्ती फिर्ता दिएका हुन्।

‘टर्सो अफ राम’ (रामको धड) नामको शिरहीन पत्थरको मूर्ती १०औँ शताब्दीको हो। सन् १९७० को दशकमा कम्बोडियाको गृहयुद्धको
क्रममा ‘कोह केर मन्दिर’बाट यस मूर्तीको चोरी भएको थियो। अमेरिकाको सङ्ग्रहालयले यो मूर्ती ३० वर्ष पहिले फेला पारेको थियो। हालै
कम्बोडियाको सङ्ग्रहालयका अधिकारीहरूले अमेरिकी सङ्ग्रहालयसँग कुराकानी गरिसकेपछि मात्रै उक्त मूर्ती चोरीको हो भन्ने पुष्टि भएको हो

१५.८ मिटरको यो मूर्तीको शिर र शरीरको अर्को भाग गायब छ। कम्बोडियाले अमेरिकी सङ्ग्रहालय र कला सङ्ग्राहकसँग मुर्तीको बाँकी भाग पनि
फिर्ता मागेको छ। डेनभर आर्ट म्यूजियमले भने कि यो मूर्ती उनीहरूले सन् १९८६ मा न्यूयोर्क ग्यालरीबाट खरीद गरेका थिए।nepaliheadlines

अमेरिकाले फिर्ता गर्यो हिन्दु देवताको मन्दिर… Reviewed by a on 8:07 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.