Top Ad unit 728 × 90

a
Ad Inside Post

घर आउँदा न श्रीमती न त कमाइ

धरान– कतारमा रहेका युवराज भुजेलले गत माघ १७ गते बेलुकी तलुवा ४, ओखलढुंगास्थित घरमा रहेकी श्रीमति संगीतालाई फोन गरेर भने, 'म चाडै घर आउँदैछु।'
11111111.jpg -न्यायको खोजीमा भौंतारिँदै धरान आइपुगेका मृतक संगीताका श्रीमान् युवराज भुजेल। दुई वर्षको छोरा र श्रीमतिलाई घरमा छोडेर धन कमाउन २३ महिनाअघि उनी कतार पुगेका थिए। काम गाह्रो थिएन, कमाई पनि राम्रै भयो। घर फर्कने आफ्नो निर्णयले उनी हर्षित थिए। तर, घर आउँछु भनेर फोन गरेकै भोलिपल्ट उनलाई यस्तो खबर आयो कि उनी एकछिन पनि कतारमा अडिन सकेनन्। तीन दिनमै घरको आगनमा पाइला टेके। उनको श्रीमती घरमा सुतेकै अवस्थामा मृत भेटिएकी थिइन्। चार वर्षे छोरो हुर्काउने सम्पूर्ण जिम्मेवारी अब उनको मात्र काँधमा थियो। घर फर्किएको एक दुई दिनमै उनी छाँगोबाट खसे झैं भए। श्रीमतीको प्रहरी जवान सनोज राईसँग एक वर्षदेखि अफेयर चलेको रहेछ। प्रहरी चौकी बिसंखेमा कार्यरत राई उनको घरमा आउने, खाना खाने र रात बिताउने क्रम विगत एक वर्षदेखि शुरु भएको रहेछ। घटनाका आरोपी प्रहरी जवान सनोज राई(प्रहरीको पोशाकमा) माघ १८ गते बिहान मृत भेटिएको अघिल्लो साँझमा श्रीमान् श्रीमतिको फोनमा कुरा भएको हो। त्यतिबेला बिसन्चो भएको कुनै छनक दिएकी थिइनन्। छरछिमेकसँग बुझ्दा श्रीमती देब्रे आँखामाथि चोट भएको, रगत आँखाबाट बगेर अर्कोपट्टिको आँखासम्म पुगेको थियो भन्ने पनि उनले थाह पाए। आफ्नी श्रीमतीमाथिको सम्पूर्ण विश्वास त्यतिबेला ओइलायो, जब उनी वाणिज्य बैंकको खाता चेक गर्न पुगे। उनले कतार गएको २३ महिनामा परिश्रम गरेर कमाएको १२ लाख पठाएका थिए। श्रीमतीले ७ लाख बैंकमा राखेको र अरु घर खर्चमा सकिएको बताएकी थिइन्। त्यसमा उनले कुनै शंका गरेनन्। तर, बैंकमा गएर बुझ्दा श्रीमतिको खातामा जम्मा ३ हजार १ सय मात्रै थियो। श्रीमतीले त जम्मा ६५ हजार मात्रै पो जम्मा गरेकी रहिछ। त्यो पनि २ पटक प्रहरी जवान राईको नाममा चेकमार्फत झिकेको देखियो। त्यति मात्रै होइन, ४३ हजारको सुनको सिक्री बनाएर उपहार दिएको बिल पनि फेला पर्यो। साली(उषा)ले नै २६ हजार रुपैयाँ त दिदीले सनोजलाई दिएको देखेको प्रमाण पनि भेटियो। 'ममाथि विश्वास घात त गरी नै, कमाएको जति सबै उडाइछ। गाउँमा ६५ हजार त ऋण नै रहेछ, अहिले मान्छेहरु माग्न आएको अयै छन्,' पीडित २४ वर्षीय युवराजले भने। सबै घटनाक्रम थाह पाएपछि 'त्यो रात के भएको थियो' भनेर उनले ४ वर्षीय छोरालाई फकाएर सोधे। छोराको जवाफबाट उनलाई जे आशंका थियो, त्यही वास्तविकता हो भन्ने लाग्यो। 'छोराले डाडु अंकल आएको थियो, आमासँग झगडा भयो भन्यो,' भुजेलले भने, 'मैले चाँडै आउँदैछु भनेर फोनमा भनेपछि संगीताले डरले सनोजलाई बोलाई होला, अनि पैसाको हिसाब बारे झगडा हुँदा कुटेर मारेको हुनुपर्छ।' छोराले प्रहरी जवान सनोजलाई डाडु अंकल भनेर बोलाउने गरेको उनले बताए। पोष्टमार्टमको रिपोर्ट भने अझै नआएको प्रहरीले बताउने गरेको छ। सबै घटना बुझेपछि उनले माघ २६ गते जिल्ला प्रहरी कार्यालयमा सनोज राईविरुद्धमा ज्यान मुद्दामा किटानी जाहेरी दिन गए । प्रहरीले जाहेरी लियो मात्रै, दर्ता गरेन। पटक–पटक धाउँदा पनि छानबिन हुँदैछ भन्ने जवाफ आए पनि उनी सप्तरीस्थित पुनरावेदन अदालतमा 'जाहेरी दर्ता गराईपाऊँ' भन्दै रिट हाल्न झरे। दुई साता लाग्ने भनेपछि एक जना वकिललाई भेटेर जिम्मा दिएर उनी पत्रकार र अधिकारकर्मी खोज्दै धरान आएका थिए। 'प्रहरी जवानको विरुद्ध भएकोले मेरो जाहेरी दर्ता नै गरेको छैन, दोषी हो होइन भनेर अनुसन्धान गर्दा भइहाल्यो नी,' भुजेलले भने, 'मुद्दा दर्ता भएर कारबाही होस्, र प्रमाण पुगेको मात्रै भएपनि मेरो पैसा फिर्ता होस् भन्ने चाहन्छु।' जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक दिपेन्द्र साहले आरोपित प्रहरी जवान राईलाई जिल्लामा तानेर वस्तुस्थिति बुझ्ने काम भइरहेको बताए। प्रहरी जोडिएको र पैसाको बिषय पनि भएकोले घटनाबारे अनुसन्धान भइरहेको उनले बता
घर आउँदा न श्रीमती न त कमाइ Reviewed by Unknown on 1:34 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.