Top Ad unit 728 × 90

a
Ad Inside Post

अध्यन भन्छ – बिहान सबेरै उठने मानिसहरू धाेकेवाज हुन्छन ……

बिहान छिटो उठ्ने मानिसहरुले आफ्नो पार्टनरलाई धोका दिने सम्भावना बढि हुने दाबी मनोविज्ञहरुले गरेका छन् । अमेरिकी विज्ञहरुले गरेको अध्ययनका क्रममा मानिसहरुबीचको नैतिक निर्णय तथा निदाउन चाहने समयबीचको सम्बन्धको अध्ययन गरिएको थियो ।

उल्लु र भारद्वाजको नैतिकता शीर्षकको उक्त अध्ययनमा शोधकर्ताले विहानै उठ्ने भारद्वाज चरा रुपी महिला(पुरुष तथा रात छिप्पिएपछि मात्र सक्रिय हुने उल्लु चरा रुपी मानिस जो बिहान ढिलो उठ्छन् र रातमा पनि ढिलै सुत्छन् त्यस्तामा फरक तहको इमान्दारिता हुने बताएका छन् ।मनोविज्ञहरुका अनुसार मानिस त्यसबेला सबैभन्दा इमान्दार हुन्छ जब ऊ सबैभन्दा बढि उर्जाशील हुन्छ, त्यसैले रातमा उल्लु सबैभन्दा बढि इमान्दार हुन्छ ।




शोधका अनुसार मानिसको शरीरको जैविक घडी दुइ समयमा आबद्ध भएको हुन्छ । त्यसैले बढि नैतिक भनिने मानिसहरुमा बिहान अबेर मात्र उठ्ने बानी परेको हुन्छ ।
शोधकर्ताहरुका अनुसार विहान सबेरै उठ्ने मानिसमा विहानका केही घण्टा उर्जा बढि हुने भएपनि दिन बित्दै जाँदा उनीहरुमा इमान्दारिताको तह घट्दै जान्छ । दिन ढल्किँदै जाँदा उनीहरुमा धोकाधडी तथा झुट वचन बोल्ने सम्भावना समेत चुलिँदै जान्छ ।

अध्यन भन्छ – बिहान सबेरै उठने मानिसहरू धाेकेवाज हुन्छन …… Reviewed by a on 2:36 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.