Top Ad unit 728 × 90

a
Ad Inside Post

कांग्रेस नेतृत्वको सरकार तत्काल असम्भव: सीपी मैनाली ओली नेतृत्वको सरकार चुनावसम्मै टिक्ने दाबी

२५ फागुन, काठमाडौं । उपप्रधान तथा महिला, बालबालिका एवम समाज कल्याण मन्त्री सीपी मैनालले चुनावसम्मै केपी शर्मा ओली नेतृत्वको सरकार टिक्ने दावी गरेका छन् । कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुने चर्चा चलिरहेका बेला मैनालीले कांग्रेसको नेतृत्वमा तत्काल सरकार नबन्ने दाबी गरे ।
cp-mainaliरिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मैनालीले भने, ‘सरकारमा रहेका दलहरु आफ्नो मान्यतामा कायम छन् । त्यसैले यो सरकार चुनावसम्मै जान्छ । कांग्रेसको नेतृत्वमा अहिले सरकार बन्न सक्दैन ।’

उपप्रधानमन्त्री मैनालीले केपी ओली नेतृत्वकै सरकारमा नेपाली कांग्रेस सहभागि भए राम्रो हुने र त्यसमा आफूहरुको समर्थन रहने स्पष्ट पारे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको क्रममा पेट्रोलियम पदार्थ कारोवार, ब्यापार तथा पारवहन, काठमाडौंसम्म रेल सेवा विस्तार, विजुली आयात, पर्यटन र पुनर्निर्माण सम्झौता हुने जानकारी दिँदै भारत आफैले ३० प्रतिशत आयात कटौती गरेर त्यसको बाटो खोलिदिएको दावी गरे ।


कांग्रेस नेतृत्वको सरकार तत्काल असम्भव: सीपी मैनाली ओली नेतृत्वको सरकार चुनावसम्मै टिक्ने दाबी Reviewed by Unknown on 2:39 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.