आकासे पुल भत्कँदा मर्ने १४ पुगे, डेढ सय पुरिए
२०७२ चैत्र १८ बिहीवार
काठमाडौं: भारतको कोलकातामा आकासे पुल भत्किँदा मारिनेको संख्या १४ पुगेको छ ।
एक निर्माणाधीन पुल भत्किँदा मर्नेको संख्या १४ पुगेको हो । दर्दनाक यो घटनामा घाइते हुनेहरुको संख्या ७८ रहेको छ ।
यो दुर्घटनामा अझै डेढ सय जना पुलको भग्नावाशेषमा पुरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उद्धारका लागि सयौं सुरक्षाकर्मी परिचालित गरिएको छ । मूख्यमन्त्री ममता बनर्जी मिदानपुरमा हुने आफ्नो र्याली रद्द गर्दै घटनास्थलमा पुगेकी छन् ।
राज्य सरकारले यो दुर्घटनामा मारिएका व्यक्तिका परिवारलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
गम्भीररुपमा घाइते भएकाहरुलाई जनही दुई लाख रुपैयाँ उपचार खर्च दिने घोषणा बनर्जीले गरेकी छन् ।
समाचार अनुसार कोलकाताको उत्तरी गणेश टाकिज (गिरिश पार्क) नजिकै निर्माण भइरहेको एक पुल अचानक ढलेको हो ।
यो पुल सबैभन्दा बढी मानिस जम्मा हुने सहरी क्षेत्रमा बनिरहेको थियो । उद्धारका लागि प्रहरी, सेना र इन्जिनियरको टीम पनि जुटिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र
मोदीले पुल भत्केको घटनामा मारिएकाहरु प्रति दु:ख ब्यक्त गर्दै उद्धारलाई तीब्र दिन आग्रह गरेका छन् ।
annapurnapost
Reviewed by a
on
5:25 AM
Rating:
No comments: