Top Ad unit 728 × 90

a
Ad Inside Post

ठमेलको भोजनालयमै यौनधन्दा, राति अचानक प्रहरी पुगेपछि…

काठमाडौं, १७ चैत । ‘रेड एरिया’को रुपमा चिनिएको राजधानीको पर्यकीय सहर ठमेलमा भोजनालयमै यौनधन्दा हुने गरेको खुलासा भएको छ ।

यसको खुलासा प्रहरीले गरेको छ । बुधबार राति अचानक प्रहरी त्यहाँको एक भोजनालयमा पुग्दा यौनधन्दामा संलग्नलाई रंगेहात फेला पारेको हो ।
ठमेलस्थित क्षेत्रपार्टी भोजनालयबाट वेश्यावृत्ति गराइरहेको अवस्थामा सञ्चालक जनक थापासहित ८ जना प्रहरीको फन्दामा परेका हुन् ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी सोमोन्द्र राठौरका अनुसार सञ्चालक थापासहित यौनकार्यमा संलग्न भएको अवस्थामा सुमित्रा थापा, अनु भण्डारी र ज्योति थापा र ग्राहकहरु रामशरण थापा, राजु थापा, रामचन्द्र, भुपेन्द्रलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका सबैजनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

ठमेलको भोजनालयमै यौनधन्दा, राति अचानक प्रहरी पुगेपछि… Reviewed by a on 6:58 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.