Top Ad unit 728 × 90

a
Ad Inside Post

छाला चिलाउने सकसकी

हामीले छाला कन्याउँदा मस्तिष्कमा मनोदशा नियमन गर्ने र पीडा नियन्त्रण गर्ने न्युरोट्रान्समिटर सेरोटोनिन उत्पादन हुनेगर्छ । अमेरिकाको वासिङ्टन युनिभर्सिटी स्कुल अफ मेडिसिनका वैज्ञानिकले गरेको नयाँ अनुसन्धानको निष्कर्ष अनुसार कन्याउने संवेदना प्रचण्ड पार्नमा सेरेटोनिनले प्रभाव पार्दछ ।

मस्तिष्कबाट पैmलिएर स्पाइनल कोर्डमा पुगेपछि सेरोटोनीले पीडा तथा कन्याउने सकसकी अस्तव्यस्त पार्छ । पीडाको आवेगसँग जोडिएका न्युरोनले व्यक्तिलाई उल्टै कन्याउन प्रेरित गर्ने भनाइ अनुसन्धान टोलीको छध्र कन्याउँदा छालमा हल्का पीडा हुनेगर्छ । जसले कन्याउँदाको संवेदनालाई क्षणिक रूपमा प्रभाव पार्दछ । किनभने कन्याउने बेला स्पाइनल कोर्डका स्नायु कोषले कन्याउँदाको सङ्केतभन्दा पीडाको सङ्केत मस्तिष्कमा पु¥याउँछन् ।

प्रमुख अनुसन्धानकर्ता डा. झु फेङ चेनले भन्नुभएको छ– जब मस्तिष्कले ती सङ्केत प्राप्त गर्छ पीडा नियन्त्रण गर्न मस्तिष्कले सेरोटोनिन उत्पादन गर्दछ । यसरी उत्पादित सेरेटोनिन स्पाइनल कोर्डमा पुग्दा पीडा संवेदी न्युरोनले उल्टै कन्याउने सकसकी बढाउने भनाइ उहाँको छ । एजेन्सी

छाला चिलाउने सकसकी Reviewed by a on 9:00 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.