Top Ad unit 728 × 90

a
Ad Inside Post

ग्यास आपूर्तिमा अनियमितता तथा कालोबजारी गर्नेलाई कारबाहीको माग

काठमाडौँ । ग्यास बिक्रेता महासङ्घ नेपालले ग्यास आपूर्तिमा अनियमितता तथा कालोबजारी गर्ने व्यवसायीलाई कारबाहीको माग गरेको छ ।
बुधबार गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाएर महासंघले यस्तो माग गरेको हो ।
महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले पछिल्ला दिनमा बिना गल्ती ग्यास व्यवसायीलाई प्रहरी प्रशासनले पक्राउ गर्न थालेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
अध्यक्ष अर्यालले पेट्रोलियम पदार्थ बेचविखनको कानुन बनाउन माग गर्दै बजारमा उपभोक्ता ठगी गर्ने तथा बदमासी गर्ने व्यवसायीमाथि कारबाही गर्न आग्रह गरे ।
प्रत्युत्तरमा मन्त्री बस्नेतले कालोबजारी गर्ने व्यक्तिलाई नियन्त्रण गर्ने र व्यवसायीलाई सुरक्षा दिने विश्वास दिलाए । रासस

ग्यास आपूर्तिमा अनियमितता तथा कालोबजारी गर्नेलाई कारबाहीको माग Reviewed by a on 7:53 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.