Top Ad unit 728 × 90

a
Ad Inside Post

पूर्व मन्त्री चढेको विमान दुर्घटना, विमानमा सवार कोहीपनि बाँचेनन

काठमाडौं, १७ चैत । विमान दुर्घटना र अपहरणका घटनाले संसार नै त्रसित भइरहेका बेला बुधबार विहानै अर्काे दुःखद खबर प्राप्त भएको छ ।
यो खबर क्यानडाको हो । जहाँ एउटा सानो निजी विमान दुर्घटना हुँदा पूर्व यातायात मन्त्रीसहित सात जनाको मृत्यु भएको छ ।

पूर्व यातायात मन्त्री जिएन लापिएर
अन्तर्राष्ट्रिय समाचार संस्था
बीबीसीका अनुसार पूर्वी तट क्युबेकको आइल्याण्डमा बुधवार भएको विमान दुर्घटनामा क्यानडाका पूर्व यातायात मन्त्री जिएन लापिएरसहित उनकी पत्नी, दुई भाई, बहिनी र चालक दलका सदस्यको मृत्यु भएको हो ।

५९ वर्षीय पूर्व यातायात मन्त्री लापिएर आफ्ना बाबुको अन्तिम संस्कारका लागि गाउँ जाँदै थिए । तर, लिस–डे–ला–माडिलिनी विमानस्थलमा भारी हिमपात र हावा चलेपछि विमान दुर्घटना भयो । र बुवाको अन्तिम संस्कार गर्न नपाई ज्यान गुमाउनुपर्यो ।

पिताको निधनले शोकमा डुबेको परिवारमा छोरासहित पुरै परिवारै दुर्घटनामा परेपछि लापिएर परिवार झनै शोकमा परेको छ भने देशनै शोकमा डुबेको छ ।
क्यानडाको सीटीभीमा राजनीतिक विश्लेषकका रुपमा कार्यरत लापिएरले सन् १९७९ देखि १९९३ र २००४ देखि २००७ सम्म संसद सदस्यका रुपमा काम गरेका थिए ।
दैनिक नेपाल डट कमबाट

पूर्व मन्त्री चढेको विमान दुर्घटना, विमानमा सवार कोहीपनि बाँचेनन Reviewed by a on 6:32 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.