Top Ad unit 728 × 90

a
Ad Inside Post

नामार्जुन जलविद्युत् आयोजनामा छवटा बैंकले लगानी गर्ने

चैत्र १६,
काठमाडौँ / हिमालय हाइड्रोपावरले निर्माण गर्न लागेको नामार्जुन जलविद्युत् आयोजनामा जनता बैंकको अगुवाइमा विभिन्न छवटा बैंकले लगानी गर्ने भएका छन् । कास्कीको नामार्जुन गाविसमा आयोजना स्थल रहेको सो आयोजनामा नेपाल बङ्गलादेश बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, कैलास विकास बैंक, विभोर विकास बैंक, त्रिवेणी विकास बैंक र काष्ठमण्डप बैंकले संयुक्तरुपमा लगानी गर्ने भएका छन् ।


लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा आज हस्ताक्षर भएको प्रमुख कार्यकारी अधिकृत सुधीर यादवले जानकारी दिनुभयो । दूरसञ्चार सेवा प्रदायक एनसेलमा कार्यरत कर्मचारीको ४० प्रतिशत लगानी रहेको सो आयोजनाको कुल लागत रु एक अर्ब ८७ करोडमध्ये ३० प्रतिशत स्वलगानी तथा बाँकी ७० प्रतिशत विभिन्न बैंकको लगानी रहेको छ । १२ मेगावाट क्षमताको सो आयोजना निर्माण कार्य थालनी भएको तीस महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको प्रमुख कार्यकारी अधिकृत यादवले भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता सम्पन्न भइसकेको र वातावरणीय प्रभाव मूल्याङ्कनसमेत सम्पन्न भइसकेकाले आयोजना तत्काल निर्माणको चरणमा प्रवेश गर्नेछ । स्वदेशी पुँजी, प्रविधि र स्वदेशी प्रवद्र्धकको संलग्नतामा निर्माण हुन लागेको नमुना आयोजना रहेको प्रवद्र्धकले जानकारी दिएका छन् ।
पुर्बेलीन्युजबाट

नामार्जुन जलविद्युत् आयोजनामा छवटा बैंकले लगानी गर्ने Reviewed by a on 11:33 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.