नेताहरुको नाम भजाएर अब जनताले पत्याउँदैनन्ः प्रकाशमान
२० फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले अब संस्थापक नेताहरुको नाम भजाएर मात्र जनताले कांग्रेसलाई नपत्याउने बताएका छन् ।
खुलामञ्चमा भएको महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री सिंहले कांग्रेसले अब संविधान कार्यान्वयन गरेर आर्थिक क्रान्ति अघि बढाउनु पर्ने बताए । उनले भने, ‘संस्थापक नेताहरुको नाम मात्र भजाएर अब जनताले हामीलाई पत्याउने छैनन् । अब संविधान कार्यान्वयन गरेर स्थिरता र राजनीतिक उपब्धिहरुको संरक्षणका लागि आर्थिक क्रान्ति आवश्यक छ ।’
संविधान आएपछि अरु कुनै पार्टीले अधिवेशन नगरेको र यसमा पनि कांग्रेस फस्ट भएको भन्दै उनले भने, ‘कांग्रेसलाई अघि बढाउन १३ औं महाधिवेशन कोशेढुंगा सावित हुनेछ ।’
कार्यबाहक सभापति एवं सभापतिका उम्मेदवार रामचन्द्र पौडेलको नाम नलिई उनले भोट मागे ।
शेरबहादुर देउवाप्रति लक्षित गर्दै उनले मन्त्रालय फुटाएर मन्त्री बनाउने र उपप्रधानमन्त्रीमाथि उपप्रधानमन्त्री थप्नेबारे सोच्नु पर्ने बताए ।
नेताहरुको नाम भजाएर अब जनताले पत्याउँदैनन्ः प्रकाशमान
Reviewed by Unknown
on
9:34 AM
Rating:
No comments: