Top Ad unit 728 × 90

a
Ad Inside Post

सडकमा थुक्दा ३५ हजार जरिवाना !

कुवेत- सुन्दा पत्यार नलाग्ने कानून कुवेतमा लागु हुने क्रममा छ । यदि तपाईले सडकमा थुक्नु भयो भने १०० केडी अर्थात नेपाली ३५ हजार भन्दा धेरै जरिमाना तिर्न पर्ने हुन्छ । वातावरण सफा र स्वच्छ राख्दै सभ्य नागरिक बनाउन यस्तो कानून लागु गर्न लागिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।  

यसरी नै तपाई चुरोटको अम्मली हुनुहुन्छ भने याद गर्नुस तपाइले सार्वजनिक स्थानमा धुम्रपान गरे समातिनु हुनेछ जेलनेल र डिर्पोट हुन पर्ने हुन्छ र गाडी चलाउदै गर्दा सडकमा तपाईले पिएको चुरोटको ठुटो फ्याक्नु भयो भने फन्दामा पनि पर्नुहुनेछ । 

नयाँ कुवेतको कानूनमा यो प्रकारको काम गरे बापत कस्तो सजाय गर्ने भनेर एकिन भईनसके पनि वातावरण कानून अन्र्तगत १०० केडी जरिवाना तिर्न पर्ने हुन सक्छ । यो कानूनलाई चाँडै नै कडाईका साथ लागु गर्ने तयारी भईरहको कुवेती सञ्चारमाध्यमले समाचार लेखेका छन् । 


सडकमा थुक्दा ३५ हजार जरिवाना ! Reviewed by Unknown on 11:25 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.