Top Ad unit 728 × 90

a
Ad Inside Post

कांग्रेस सभापति चुनावको मतगणना राति ८ बजेबाट

२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ । निर्वाचन समितिका अनुसार ३ हजार १२० मत खसेको छ ।

पहिलो चरणमा धेरै मत ल्याउका दुई उम्मेदवार शेरबहादुर देउवा र रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् । पहिलो चरणमै आवश्यक पचास प्रतिशत र एक मत आवश्यक पर्नेमा देउवा ११ मतले चुकेको थियो ।

सुरुमा मत गणना आजै गर्ने कि भोलि भन्नेमा विवाद देखिएको थियो । तर, निर्वाचन समितिले आजै मत गणना गर्ने निर्णय गरेको छ ।

राति ८ बजेबाट मत गणना सुरु हुनेछ । ‘दुबै पक्षको आग्रहमा आजै मत गणना गर्ने निर्णयमा पुगेका छौं’ निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले भने-‘डेढ २ घन्टामा सकिन्छ होला ।’

महामन्त्री र अरुको गणना भोलिमात्र

सभापतिको मतगणना सकिएपछि मात्र महामन्त्री, कोषाध्यक्ष र सदस्यरुको मत गणना सुरु हुनेछ । सबै मत पेटिका पार्टी कार्यालय सानेपामा लगिएको छ । र, त्यसको गणना पनि त्यहीँ हुनेछ ।

सम्भवत यो भोलि मात्र हुनेछ । सभापतिको मतगणना सकिएपछि अरुको प्रक्रिया सुरु हुने निर्वाचन समितिले जनाएको छ ।



कांग्रेस सभापति चुनावको मतगणना राति ८ बजेबाट Reviewed by Unknown on 5:53 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.