Top Ad unit 728 × 90

a
Ad Inside Post

बिदेशमै बसी – बसी अाफ्नाे परिवारसंग सम्बन्ध बलियाे बनाउन चाहनुहुन्छ ? त्यसाे हाे भने यसाे गर्नुस…….

देश र खासगरी राजनीतिक बर्ग वैदेशिक रोजगारीले भित्र्याएको रेमिटान्स ले मख्ख छन । अझ यसो भनु देश यसैले चलिरहेको छ ।राजनीतिक नेतृत्वमा जिम्मेवारी नहुदा आज देशमा चरम बेरोजगारी सृजत छ र लाखौ युबा बिदेशमा छन । ।देशमा बढेको महङ्गी त छदैछ बिदेशमै भोगेको दुख झन अझै कहालिलाग्दो छ ।दूतावास नाम मात्रै को छ ।यी त भए सन्दर्भ खासमा मैले उठान गर्न खोजेको विषय वैदेशिक रोजगारी बाट टाढा भएपछी कसरी सम्बन्ध सुमधुर राख्न सकिन्छ भन्ने हो ।

रेमिटेन्स ले देशधाने पनि पछिल्लो समय वैदेशिक रोजगारिले सामाजिक सम्बन्ध धरासायी बनाइदिएको छ धेरै को घरबार उजाडिएको छ बाउ आमा भएर पनि धेरै सन्तान टुहुरो भएका छन ।दिन प्रतिदिन अदालत मा सम्बन्ध बिच्छेद का घटना बढ्न थालेका छन ।





एकतिर बिदेश को दुख अर्को तिर जिन्दगी भर सगै बाच्ने सगै मर्ने भनेर कसम खाएकी श्रीमती अर्कै केटा सग हिन्दिने यो पछिल्लो समय देखिएको बिकराल घटना हुन ।यस्ता घटना घट्नुमा एउटा को मात्र दोश हुनै सक्दैन ।आफुले नबुझेको या बुझाउन नसकेको हुन सक्छ ।परिबारको खुशी र उज्ज्वल सपना पूरा गर्न नै आफू बिदेश आएको दुई चार बर्स अलग भएर जिन्दगी सुमधुर हुन्छ र पपरिबार को जिन्दगी उज्ज्वल हुन्छ भने छुटिनुपर्छ भनेर राम्रो सग समय समय मा सम्झाइरहनुपर्छ ।

आधार र हौसला दियिरहनुपर्छ ।परिबार जतिराम्रो या जस्तो व्यबहार भएपनी आधार दिने तपाईं ले हो किनकी तपाई सगै जुनि काट्न भनेर सब थोक त्यगेर आएकी हुन्छिन । घरेलु बाताबरण ले नि धेरै प्रभाव पार्छ ग्रामीण भेग हो भने त पशु चौपाया हर घर मा हुन्छन मेलापात खेती पाती, सासू ससुराको हेरचाह सबैले गर्दा ब्यस्तता बढी हुन्छ बिगृने भत्किने घटना पनि कम हुन्छन ।खासगरी सहरिया परिभेसमा मा वैदेशिक रोजगारी ले धेरै समस्या निम्त्याएको छ खाली समय भनेको सैतान को घर हुन्छ भन्छन हुन पनि हो भुल्ने के मा त पछिल्लो समय का बिलासी साधन र प्रबिधिले पनि समस्या निम्त्याएको छ ।सबै पहाड का सध्य र सबै सहर का बिग्रन्छन भन्ने बिल्कुल होइन तर कुनै न कुनै सृजनात्मक या रचनात्मक काममा ब्यास्त राख्न लगाइयो भने केही कमि हुन्छन यस्ता घटनाहरु मा ।


बिदेश बाट पनि फोन गर्दा धेरै पैसा जान सक्छ त्यसैले पछिल्लो बिकसित प्रबिधिको उपयोग गर्नुस भाइवर फेस्बुक म्यासेन्जर ह्वाटसाप इमो लगायत प्रयोग गर्न सक्नुहुन्छ ।अरुको फोन या म्यासेज आउदा अधारात मा नि उठाउने घरबाट फोन जाद बेवास्ता भुलेर पनि नगर्नु ।


श्रीमती आफ्नो घरको प्रमानेन्ट चिज हो जे गरेनी हुन्छ भनेर बेवास्था नगर्नुस ।पारिबारिक सम्बन्ध मा जब दखल लाग्छ परिबार समाज इज्जत र बैक्तिक दाग लाग्न सक्छ एकचोटि सम्बन्ध बिग्रेपछी धेरै ठाउमा असर गर्न सक्छ ।काला गए गिरा आउँछ भन्नेजस्तो अहम भाब नलिनुहोला उनिहरुको दिलको बात सुन्ने गर्नु पारिबारिक योजना र भबिस्यको योजना हरु दुबै मिलेर बनाउनुहोला यो बाट पनि पछिसम्मको साथको अहसास पर्न जान्छ ।श्रीमती लाई श्रीमती को ठाउमा र बाउ आमालाइ बाउ आमा को व्यबहार गर्नुस कुरा दुबैको सुन्नुस र झटपट निर्णय नलिनुस ।बिहा भएपछी श्रीमती को कुरा धेरै सुन्छन भन्ने आरोप आउन सक्छ ।सत्यतथ्य अध्यान गरेछी मात्र कुनैपनी कुरा को निर्णय लिदा राम्रो हुन्छ ।

महिलाको सबालमा:-
पृय दिदी बहिनिहरु ,
सपना जो कोहिको हुन्छन तपाईंलाई छाडेर बिदेश जाने तपाईहरुको श्रीमान हरुको नि हुन्छ इच्छा र रहरले पक्कै गैदैन बिदेश बिसेसगरी खाडी मुलुक ।र आफ्नो सपना पूरा हुनै पर्छ भन्नू पनि छैन परिस्थिति अनुकुल आफ्ना सपना र लक्ष बदल्नुपर्छ ।तपाईंका अधुरा सपना आफ्ना छोराछोरीलाई सफलता दिलाएर पनि पूरा गर्नसकिन्छ ।

आफ्नो सपना पूरा हुदा मात्र होइन अरुको सपना पूरा गराउन मद्धत गर्दा पनि खुसी मिल्छ ।हिजोको रुढिबादी र पुरुष प्रधान समाजले महिलालाइ सिमित दायारा अबला सम्झे पनि तपाईं हरु आफैमा क्षेमतावान आदर्शवान बलवान् हुनुहुन्छ ।तपाईं हरुको हर निर्यण मा पारिबारिक सफलता असफलता सग जोडिएको हुन्छ छोराछोरी को भबिस्य सग जोडिएको हुन्छ खुसी र सपना हरु सग जोडिएको हुन्छ अब भन्नुस तपाई हरु कमजोर हुनुहुन्छ? पक्कै हुनुहुन्न।


हिजो को समाजले दबाए पनि आज बद्लिएको छ र बाकी समाज बदल्ने अभिभारा तपाईं हरुसग छ त्यसैले कुनैपनी गलत कदम चाल्नु अगाडि त्यस्ले हुने हानी नोक्सानी फाइदा बेफाइदा केलाएर हेर्नुस ।पछिल्लो समय प्रबिधी बिकास सगै भितृएका बिकृतिको अनुसरण नगर्नुस ।अपरिचित सग धेरै हिमचिम नगर्नुस चाहे मोबाइल मा होस चाहे फेस्बुकमा ।किनभने तिनिहरु ले बेहकाउन सक्छन ।

बिदेशमै बसी – बसी अाफ्नाे परिवारसंग सम्बन्ध बलियाे बनाउन चाहनुहुन्छ ? त्यसाे हाे भने यसाे गर्नुस……. Reviewed by a on 2:22 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.