Top Ad unit 728 × 90

a
Ad Inside Post

अपहृत विमानबाट सबैको सकुशल उद्धार, अपहरणकारी पक्राउ

लार्नासा (साइप्रस): इजिप्ट एअरको अपहृत विमानमा फसेका चालक दल सदस्यलगायत सम्पूर्ण यात्रुलाई सकुशल उद्धार गरिएको छ ।

सुरक्षाकर्मीले जहाज अपहरण गर्ने इजिप्टकै एक नागरिकलाई पक्राउ गरेको छ ।
आन्तरिक उडानका लागि कायरोतर्फ उडेको विमानलाई साइप्रसको एक टापुमा अवतरण गराउन अपहरणकारीले दबाब दिएपछि विमानलाई साइप्रसमा अवतरण गराइएको थियो ।
अपहरणकारीले यात्रुवाहक विमानलाई कुनै आतङ्कवादी हमला गर्ने प्रयासस्वरुप विमान अपहरण गरेको नभई साइप्रसमा रहँदै आएकी आफ्नी पूर्व श्रीमतीसँग कुरा गर्न यसो गरेको अधिकारीहरुले बताएका छन् ।
साइप्रसका विदेश मन्त्रालयका सचिव अलेक्जेन्डर्स जेननले अपहरणकारीले आत्मसमर्पण गरेपछि उनलाई अहिले हिरासतमा राखिएको पुष्टि गरेका छन् ।

विमान अपहरणकारीले आफ्नी श्रीमती (चार बालबालिकाकी आमालाई) इजिप्टको जेलमा राखिएकाले उनीसँग कुरा गर्न तथा जेल मुक्त गर्न विमान अपहरण गरेको बताएका छन् ।
अपहरणकारीले विमान अपहरण मुक्त गराउने वार्ताका क्रममा एउटा खामबन्दी पत्र साइप्रसमा रहेकी आफ्नी श्रीमतीलाई दिन अनुरोध गरे पनि खाममा नाम लेखिएकी महिला विमान अपहरणकर्ताकी पूर्व श्रीमती थिइन् वा थिइनन् भन्नेबारेमा छानबिन भइरहेको बुझिएको छ । एजेन्सी annapurna post  baata

अपहृत विमानबाट सबैको सकुशल उद्धार, अपहरणकारी पक्राउ Reviewed by a on 11:51 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.