Top Ad unit 728 × 90

a
Ad Inside Post

नेताबाट हटाइए बोहोराले पार्टी नै फुटाउने यसरी गरे तयारी

काठमाडौं, २९ चैत । पार्टीको प्रतिनिधित्व गर्दै मन्त्री बनेका राप्रपा संसदीय दलका नेता दीपक बोहोरा आफ्नो पक्षमा ४० प्रतिशत सांसद जुटाएर पार्टी विभाजन गर्ने अभियानमा रहेको चर्चा चल्न थालेको छ ।

त्यो अभियानअन्तर्गत नै अञ्चल भेलाहरू सुरू गरेको आरोप उनीमाथि लागेको छ । तरुण साप्ताहिकले समाचार छापेको छ ।
बोहोराले अघिल्लो आइतबार झापामा आयोजना गरेको मेची अञ्चलस्तरीय युवा भेलामा ठूलै विवाद भएको थियो ।

समाचार स्रोतका अनुसार पार्टी अध्यक्ष लोकेन्द्रबहादुर चन्दले केन्द्रीय समितिको अनुमतिविना पार्टीका नाममा यस्ता भेला आयोजना नगर्न सुरुमै चेतावनी दिएका थिए । तर सो चेतावनीविपरित बोहोराले भेला अयोाजना गरेका हुन् । पार्टी छाडिसकेका र कारबाहीमा समेत परेकालाई भेलामा बोलाइएका कारण विवाद भएको हो ।

समानान्तर गतिविधिमा संलग्न भएबापत बोहोरालाई संसदीय दलको नेताबाट हटाउने गृहकार्य भइरहेको राप्रपा स्रोतले बतायो । आफ्नाविरुद्ध यस्तो गृहकार्य भएको थाहा पाएपछि बोहोरा थप रणनीति तयार गर्दैछन् ।

राप्रपामा १२ जना सांसद छन्, तर बोहोराको बहुमत छैन । त्यसैले अध्यक्ष चन्दले चाहेमा उनी हट्ने निश्चित छ । यस्तो अवस्थामा ४० प्रतिशत सांसद लिएर छुट्टै संसदीय दल बनाउने अभियान बोहोराको छ । यसका लागि उनले आफ्नो पक्षमा कम्तीमा पाँचजना सांसद तयार पार्नुपर्ने हुन्छ । आफ्नो पक्षमा ४० प्रतिशत पुग्ने कुरामा बोहोरा ढुक्का छन् ।
dainiknepal

नेताबाट हटाइए बोहोराले पार्टी नै फुटाउने यसरी गरे तयारी Reviewed by a on 7:18 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.