Top Ad unit 728 × 90

a
Ad Inside Post

चीनले रोक्यो भारतको प्रस्ताव, अमेरिकामा मोदीलाई लाग्यो कडा झट्का

काठमाडौं, १९ चैत । अमेरिकामा जारी विश्वका नेताहरु सम्मिलित संयुक्त राष्ट्रसंघको बैठकमा भारतले गरेको प्रस्ताव चीनले अस्वीकार गरिदिएको छ ।
विश्वका सबै शक्ति राष्ट्रहरुले उक्त प्रस्तावमा सहमति जनाएपनि चीनले हुन्न भनेपछि भारतको प्रस्ताव पारित भएन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार पञ्जाबको पठानकोट एयरबेसमा भएको हमलालाई लिएर भारतले जैस ए मोहम्मद प्रमुख मौलाना मसुद अजहरमाथि प्रतिबन्ध लगाउन बैठकमा प्रस्ताव गरेको थियो । तर, भारतको प्रस्तावलाई चीनले विफल बनाइदिएको हो ।

अल कायदा सेक्सन कमिटीमा रहेका मौलाना मसुद अजहरमाथि कारवाही गर्न आतंकबादी घोषणाको माग गरेको थियो । संयुक्त राष्ट्र संघमा प्रतिनिधित्व गर्ने १५ मध्ये १४ देश भारतका पक्षमा थिए । तर चीन एक्लैले विरोध गरेपछि मौलानामाथि प्रतिबन्ध लगाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपना अधुरो भएको छ ।

मौलानामाथि प्रतिबन्ध लगाउन अमेरिका, बेलायत र फ्रान्सले पनि समर्थन गरेका थिए । तर चीन एक्लै विपक्षले प्रतिवन्धको विरोध गरेको थियो । चीन कडारुपमा उपस्थित भएपछि १४ देश पछाडी हटेका छन् ।

संयुक्त राष्ट्र संघका पाँच स्थायी सदस्य राष्ट्रमध्ये चीन पनि एक हो । चीनले आफ्नो भीटो शक्तिको प्रयोग गर्दै भारतको यस प्रस्तावलाई रोकिदिएको हो ।

चीनले रोक्यो भारतको प्रस्ताव, अमेरिकामा मोदीलाई लाग्यो कडा झट्का Reviewed by a on 10:55 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.