Top Ad unit 728 × 90

a
Ad Inside Post

पुर्ब राजा ज्ञानेन्द्र देखि दलका विभिन्न नेता द्वारा नयाँ बर्षकाे सुभकामना

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा जुट्न सबैलाई आग्रह गरेकी छिन्। नयाँ वर्ष २०७३ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै भण्डारीले संविधानको कुशल कार्यान्वयनले मात्र मुलुकलाई संघीय संरचनामा रूपान्तरण गर्ने उल्लेख गरेकी छन्।
'राजनीतिक अभियानबाट हासिल ऐतिहासिक एवं युगान्तकारी उपलब्धिसँगै नयाँ संविधानको कुशल कार्यान्वयनबाट मुलुकलाई संघीय संरचनामा रूपान्तरण गर्दै आर्थिक–सामाजिक समृद्धितर्फको यात्रा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने साझा जिम्मेवारी अब हाम्रो काँधमा आएको छ,' राष्ट्रपतिको सन्देशमा भनिएको छ ।
संविधानलाई २०७२ सालको सर्वोच्च उपलब्धि औंल्याउँदै राष्ट्रपतिले विगत वर्षका सकारात्मक उपलब्धि रक्षा गर्दै राजनीतिक दलले मुलुकलाई नयाँ सोच, शैली र गन्तव्यसहित सहमतिसाथ अघि बढाउने विश्वास व्यक्त गरेकी छन् । 'सहमतिसहित राजनीतिक स्थिरता, लोकतान्त्रिक संस्कारसहित नयाँ संविधान कार्यान्वयन, संघीय संरचनामा रुपान्तरणका काम सुरुआत, संवाद र सहमतिबाट आन्तरिक समस्या समाधान र आर्थिक समृद्धिको एजेन्डालाई प्राथमिकताका साथ अघि बढाउन सबै दत्तचित्त भई लाग्नुपरेको छ,' सन्देशमा भनिएको छ । उनले भूकम्पपछिको पुनर्निर्माण पनि चाँडै अघि बढ्ने विश्वास व्यक्त गरेकी छन् ।
त्यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार छुट्टै शुभकामना सन्देश जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन र संस्थागत गर्दै मुलुकलाई आर्थिक विकासमा अग्रसर बनाउन सबै एक हुनुपर्नेमा जोड दिएका छन् ।
देउवाले सबैको एकताले मात्र संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक विकासमा अघि बढाउन सकिनेमा जोड दिएका छन् । 'सामाजिक, सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकले गत वर्ष भोग्नुपरेको प्राकृतिक प्रकोप, असहज र कठिन दैनिक जीवन हालसम्म पनि सामान्य बन्न सकिरहेको छैन,' सन्देशमा भनिएको छ, 'यस्तो परिस्थितिमा नयाँ वर्ष २०७३ को प्रारम्भसँगै मुलुकका सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरु मुलुक, मुलुकबासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्नु आवश्यक छ ।'
त्यस्तै, कांग्रेस नेता रामचन्द्र पौडेल भूकम्पपछिको पुनर्निर्माण साथै जनतालाई राहत प्रदान गर्न दलीय स्वार्थभन्दा माथि उठ्न सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७३ का उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । विक्रम संवत्ले नेपाली संस्कृतिलाई जोडेको उल्लेख गर्दै उनले राष्ट्रिय मान्यता धर्म, संस्कृति, भाषा, इतिहास, सभ्यताविपरीत प्रहार भइरहेको विज्ञप्तिमा जनाएका छन्।
राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दुरुपयोग गर्ने शासकीय शैलीले देश कमजोर भएको उनको गुनासो छ । भाषा, संस्कृतिलाई देशका आधार उल्लेख गरेका उनले मौलिक अस्तित्व, स्वाधीनता प्रमुख रहोस् भन्दै शुभकामना व्यक्त गरेका छन्।

पुर्ब राजा ज्ञानेन्द्र देखि दलका विभिन्न नेता द्वारा नयाँ बर्षकाे सुभकामना Reviewed by a on 7:06 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.