Top Ad unit 728 × 90

a
Ad Inside Post

जङ्गलमा फालिएको सालनालसहितको नवजात शिशु एसएलसी परीक्षार्थीले फालेका पुष्टि

दोलखा । बुधबार बेलुकी करिब ५ बजेतिर जङ्गलमा फालिएको सालनालसहितको नवजात शिशु एसएलसी दिँदै गरेकी कक्षा १० की अविवाहित युवतीको भएको पुष्टि भएको छ । एसएलसी दिएर फर्केकी एक विद्यार्थीले आफूले जन्माएको शिशु फालेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारका अनुसार अहिले एसएलसी दिँदै गरेकी भीनपा–१० लेकटोलकी १८ वर्षीया प्रमिला विश्वकर्माले अवैध यौनसम्बन्धबाट जन्मिएको शिशु फालेको बताउनुभयो । शिशुको शुक्रबार बिहान नै मृत्यु भइसकेको छ । अहिले सुत्केरी आमा प्रमिलाको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार भइरहेको छ ।
प्रमिलालाई जिल्ला प्रहरी कार्यालय दोलखाले एसएलसी परीक्षा पनि उपचार गराइरहेको स्थलमा नै दिन लगाएको सुनुवारले बताउनुभयो । नवजात शिशुको जङ्गलमा फालेका कारण मृत्यु भएकाले प्रमिलालाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत कारबाही चलाइने जानकारी पनि उहाँले दिनुभयो ।
बुधबार एसएलसीको परीक्षा सकेर प्रमिलाले जङ्गलमा आफूले जन्माएको बच्चा फालेकी थिइन् । स्थानीय जनताले जङ्गलमा झिँगा भन्किरहेको अवस्थामा जीवितै देखेपछि प्रहरीलाई खबर गरेको थियो । शिशुको उपचारका क्रममा मृत्यु भएको हो ।

जङ्गलमा फालिएको सालनालसहितको नवजात शिशु एसएलसी परीक्षार्थीले फालेका पुष्टि Reviewed by a on 2:33 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.