Top Ad unit 728 × 90

a
Ad Inside Post

जब कसैबाट गल्ती हुन गयो भने याद गर्नुहोस् बुद्धको यो कथा…

साँझको समय थियो, महात्मा गौतम बुद्ध एउटा ढुङ्गामा बसेर अस्ताउन लागेको घाम हेरिरहेका थिए। त्यति नै बेला उनका एक शिष्य त्यहाँ आए र रिसाउँदै भने- “गुरुजी, रामजी नाम गरेको एक जमिनदारले मेरो अपमान गर्यो। हजुर तुरुन्तै गएर त्यस मूर्खलाई पाठ सिकाउनुपर्यो।”

शिष्यको यस्तो कुरा सुनेर बुद्धले मुस्कुराउँदै भने- “प्रिय शिष्य! तिमी एक बौद्ध हौ र सच्चा बौद्धलाई अपमान गर्न सक्ने शक्ति कसैसँग हुँदैन। तिमी त्यो घटनालाई भुल्ने कोशिस गर, तिम्रो अपमान आपसेआफ हट्नेछ।”

बुद्धको कुरा ठीकै थियो, तैपनि त्यस शिष्यको मन मानेन, जसरी भएपनि आफ्नो गुरुलाई मनाउनु थियो। त्यसैले उनले भने- “तर गुरु, त्यस धूर्तले हजुरलाई पनि नराम्रो शब्द प्रयोग गरेर गाली गरेको थियो। हजुर जानैपर्छ। हजुरलाई देखेपछि त्यसको बुद्धि फिर्नेछ र क्षमा माग्नेछ। अनि बल्ल म सन्तुष्ट हुनेछु।”

बुद्धले बुझिसकेका थिए कि शिष्यको मनमा प्रतिकार र बदलाको भावना प्रबल हुन थालिसकेको छ। त्यसैले उसलाई सदुपदेशको प्रभाव पर्नेछैन। उनले केहि विचार गरे र भने- “ठीकै छ। यदि त्यस्तै हो भने म अवश्य रामजीलाई भेट्नेछु र उसलाई सम्झाउने कोशिस गर्नेछु। हामी भोली विहानै जानेछौँ।” शिष्यले पनि हुन्छ भनी गुरुलाई प्रणाम गरे।

विहान भयो, घाम झुल्कियो, शिष्य पनि आफ्नै काममा लाग्न थाल्यो भने बुद्ध साधनामा! त्यो दिन यत्तिकै बित्यो, शिष्यले पनि केहि भनेन बुद्धले पनि सोधेन। अर्को दिनमा चाहिँ बुद्ध स्वयंले शिष्यलाई सोधे- “आज रामजीको जाने हैन?” तब शिष्यले नम्र हुँदै भने- “नजाने गुरुजी! मैले त्यस घटनालाई धेरै पटक सोँचे र यो महशुस गरेँ कि गल्ती मेरै थियो। मलाई मेरो गल्तीको पश्चाताप पनि छ। अब रामजीलाई भेट्ने कुनै आवश्यक छैन गुरु!”

तब बुद्धले हाँस्दै भने- “त्यसो भए त हामी रामजीलाई भेट्न अवश्य पनि जानैपर्ने हुन्छ। आफ्नो गल्तीको लागि क्षमा याचना गर्दैनौ, शिष्य?”
निष्कर्ष– साथी होस् या दुश्मनको भूल, त्यसलाई माफ गर्नु नै उत्तम बाटो हुन्छ र यदि आफैबाट भूल भएको छ भने पनि माफी माग्नु सबैभन्दा धर्मको

जब कसैबाट गल्ती हुन गयो भने याद गर्नुहोस् बुद्धको यो कथा… Reviewed by a on 9:38 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.