Top Ad unit 728 × 90

a
Ad Inside Post

मुस्ताङमा धार्मिक पर्यटकको चहलपहल बढ्यो

जिल्लामा धार्मिक पर्यटकको चहलपहल बढेको छ । सदरमुकाम जोमसोम, कागबेनी, मुक्तिनाथ र मार्फा क्षेत्रका होटलहरुमा अग्रिम ‘बुकिङ’ हुन थालेको छ । चैते दसैँ पर्वमा कागबेनीमा दिवङ्गत आफन्तको नाममा तर्पण दिन र स्नान गर्न देशभरबाट हिन्दू धर्मावलम्बी आएका कारण होटल भरिभराउ भएका छन् । अधिकांश धार्मिक पर्यटक बेनीहुँदै कागबेनी पुग्ने गरेका छन् ।
मुक्तिनाथहुँदै बग्ने कागनदी र दामोदरकुण्ड भएर बग्ने कालीगण्डकीको सङ्गमस्थल कागबेनीमा तर्पण दिए दिवङ्गत आफन्तको आत्माले शान्ति र मुक्ति पाउने जनविश्वासले १६ श्राद्ध र चैतेदसैँको याममा हजारौँ भक्तजन यहाँ आउने गरेका छन् । पछिल्लो दुई हप्तामा करिब आठ हजार धार्मिक पर्यटक कागबेनी पुगेको स्थानीय पुजारी हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।
“छोटो अवधिमा धेरै भक्तजन आएका छन्” उहाँले भन्नुभयो । भक्तजनले फलफूल, लत्ताकपडा र भाँडाकुँडासमेत आफन्तको सम्झनामा दान गर्ने गरेका छन् । हवाई र स्थलमार्गहुँदै जिल्लामा धार्मिक पर्यटकको आवागमन बढेको पर्यटन व्यवसायी खगेन्द्र तुलाचन बताउनुहुन्छ ।
“अहिले साना तथा ठूला होटल खचाखच भरिएका छन्” उहाँले भन्नुभयो । लेतेदेखि मुक्तिनाथसम्म करिब १०० साना तथा ठूला होटल सञ्चालनमा छन् । - News24Nepal.com

मुस्ताङमा धार्मिक पर्यटकको चहलपहल बढ्यो Reviewed by a on 2:24 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.