Top Ad unit 728 × 90

a
Ad Inside Post

ठूला दैनिक पत्रिकाका फोटो पत्रकारहरु यसरी बने 'फूल'

कठमाडौं–एमाले निकट अनेरास्ववियुका एक पूर्व केन्द्रिय सदस्यले नागरिक दैनिकका फोटो पत्रकार केशव थोकरलाई एकाबिहानै फोन गरे।
संवाद यस्तो थियोः
फोनकर्ताः नराम्रो खबर छ यार,
थोकरः के भो ?

फोनकर्ताः रामकुमार दिदी (रामकुमारी झाँक्री) को अवस्था चिन्ताजनक छ। अन्तिम अवस्थामा हुनुहुन्छ। धुम्बाराही पार्टी कार्यालयमा राखिएको छ।

फोटो पत्रकार थोकरलाई फोन काटेर धुम्बाराही कुँद्न हतार भयो। बाइकमा हुँइकिएका थोकरको दिमागमा धेरै कुरा खेल्यो। अस्पताल नलगेर पार्टी कार्यालयमा राखिएको भनेपछि उनले नराम्रो चिताउन भ्याइसकेका थिए। अस्ति भर्खर दशरथ रंगशालामा पत्रकार र नेताबीचको मैत्रीपूर्ण फुटबल खेलमा झाँक्री बेतोडले दौडेको थोकरले झलझली सम्झे। खिचेका झाँक्रीका ती फोटोहरु कम्प्युटरको कुन फोल्डरमा छ भन्नेसम्म उनले सोँच्न भ्याए।

थोकर क्यामेरा भिरेर हतारिँदै धुम्बाराहीस्थित एमाले पार्टी कार्यालय पुग्दा त्यहाँ सुनसान थियो। अब बल्ल रहस्य खुल्यो– आज त अप्रिल फूल अर्थात् मुर्ख बनाउने दिन। रिस पनि उठ्यो हाँसो पनि रोकिएन। थोकर थकथकाउँदै घर फर्के।

...
अन्नपूर्ण पोष्ट दैनिकका फोटो पत्रकार बिकास कार्कीलाई बिहानै फोन गयो। फोनकर्ताले उनलाई सुनाए– निलम्बित एमाओवादी सांसद ल्हारक्याल लामा अब रहेनन्। उनी स्तब्ध बने। ओम नर्सिङ होममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरु पुगिसकेका भन्दै फोनकर्ताले हतारिएको भावमा कार्कीलाई सूचित गरे। 'ल म पुगिहाल्छु' भनेर पत्रकार कार्कीले फोन काटे।


...
बिकास कार्कीलाई फोन गर्ने उही पात्रको फोन कान्तिपुर दैनिकका फोटो पत्रकार निमेशजंग राईलाई पनि गयो। राई बिहान विस्तराबाट उठ्न भ्याएका पनि थिएनन्। उनलाई पनि फोनकर्ताले सुनायो– ल्हारक्याल लामा अब रहेनन्। लामालाई गुम्बामा लगिँदै गरेको फोनकर्ताले बताएपछि राईलाई आफै पुग्ने या आफ्नो मिडिया हाउसबाट कसैलाई फोटो उतार्न पठाउने भन्ने तालमेल मिलाउन चर्को पर्यो।

...
एकजना फोटो पत्रकारले आफू मूर्ख भएपछि साथीलाई पनि उस्तै मूर्ख बनाउने तय गरे। अतिनै मिल्ने शेर्पा साथीलाई उनले फोन लगाए। कांग्रेस नेता जिप छिरिङ शेर्पालाई हर्टअट्याक भएको बनावटी खबर ती साथीका कानमा पर्यो। नेता निकटका ती शेर्पा पत्रकारले नै भनेपछि होला नै भन्ने ठाने। उनी स्तब्ध बने।

केहीबेरमा ती पत्रकारले ज्यादै तनाव दिन उचित ठानेनन् र ती शेर्पा साथीलाई फोन हाने। उनले अप्रिल फूलमा मूर्ख बनाएको कुरा अब ढाँटेनन्। तर फसाद के भयो भने क्षणभरमै ती शेर्पा साथीले आफन्त सबैलाई नेता जिप छिरिङको दुःखद खबर सुनाउन भ्याइसकेका रहेछन्।


'उसले थुक्क गधा भन्दै तुरुन्तै फोन काट्यो' मूर्ख बनाएका ती पत्रकारले नागरिकन्युजसँग सुनाए 'ऊ हतारिँदै अघि आफैँले दुःखद खबर भन्दै सुनाएका उनै आफन्तलाई खबर झुटो रैछ है भन्न भ्याइनभ्याइ भो।' उनले थपे, 'तर ती आफन्तहरुले अरुलाई पनि त्यो खबर सुनाउन भ्याइसकेका रहेछन्, एकपछि अर्को गरेर खबर त आफन्तजनमाझ सनसनी भैसकेछ।'


...
अन्नपूर्ण पोष्टका फोटो पत्रकार रजेन्द्र केसीलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई हर्टअट्याक भएको खबरले विस्तराबाटै उठायो। फोनकर्ताले दाहाल नर्भिकमा रहेका र भीड जुटिसकेको बताएका थिए। फोटो पत्रकारको धर्मले रजेन्द्रलाई बेचैन पार्यो। देशका प्रमुख नेता अस्पतालमा जीवनमरणको दोसाँधमा अडेका बेला एउटा फोटो पत्रकार घरमै कतिञ्जेल ढिलो भएर बस्ला ? रजेन्द्रलाई तस्बिरिमा नर्भिकको माहौल उतार्ने पेशागत धर्मले अत्याउनु अत्यायो।

ठूला दैनिक पत्रिकाका फोटो पत्रकारहरु यसरी बने 'फूल' Reviewed by a on 3:08 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.