Top Ad unit 728 × 90

a
Ad Inside Post

घडी फेरि दिल्लीतिर घुम्दै, यसरी पाक्दैछ ‘खिचडी’ राष्ट्रियतामा धोती लाग्ने खतरा

काठमाडौं, २४ चैत । पछिल्ला केही दिन दृश्यमा उति धेरै नदेखिएको मात्र हो, तर संविधानसभासँगै सरकारका मामिलामा भारतीय चासो काठमाडौंमा तीव्र भएको छ । दिल्लप्मै राखेर नेपाली नेताहरूलाई संविधानमा आफ्ना सरोकारबारे सकेसम्म सहमत गराउने, नसके पनि ओली सरकारको विकल्प तयार पोर्न कुरालाई मुख्य एजेन्डा बनाइएको स्रोतले जनाएको छ ।

कांग्रेस सभपाति शेरबहादुर देउवा संसदीय दलको चुनावलगत्तै दिल्ली जाँदैछन् । पारिवारिक स्रोतसँग दिल्ली यात्राबारे सोध्यो । पत्नी आजदु देउवाको स्वास्थ्यउपचारका नाममा उनी जाने स्रोतले पुष्टि गरेको छ । तर, दिल्ली नै जानुपर्ने, अस्पतालै भर्ना हुनुपर्ने गरी उपचार गर्नुपर्ने त्यस्तो कुनै समस्या आरजुमा छैन । स्रोतले भन्यो, ‘अप्रेसन गर्नुपर्ला कि जस्तो छ, त्यसैले सपरिवार जान लाग्नुभएको छ ।’

तर शेरबहादुर देउवाको दिल्ली भ्रमणको टुंगो लाग्नुअघि भारतीय पक्षले सत्तासाझेदारीका ‘किम्यान’ प्रचण्डसँग कुरा गरेको थियो । चण्डलाई कुरा गर्ने तहमा पुगाउनै भारतीय पक्षलाई मुस्किल प¥यो । उनले सुरुमा नेपालको राजनीतिमा बढ्दो भारतीय चासोको बचाव गर्न आफूलाई निम्तो गरिएको खुलस्तै बताए । तर, प्रधानमन्त्रीको चीन भ्रमणपछि भने प्रचण्ड र भारतीय पक्षबीच केही गम्भीर छलफल भएका छन् ।
उनले आफू पहिला भारत जाने कुरा अस्वीकार गरे । सल्लाह दिए, ‘पहिला शेरबहादुरजीलाई बोलाउनुस्, उहाँ गएपछि म आचौँला ।’

उनैले दिएको तरिकाअनुसार जब शेरबहादुर दिल्ली उड्छन्, तब नेपालमा सरकार परिवर्तनबारे एउटा तरंग मच्चिन्छ । संविधानघोषणा हुनअघि पनि यिनै दुई नेता पालैपालो दिल्ली निम्त्याइएको जनआस्था साप्ताहिकमा समाचार छ

घडी फेरि दिल्लीतिर घुम्दै, यसरी पाक्दैछ ‘खिचडी’ राष्ट्रियतामा धोती लाग्ने खतरा Reviewed by a on 8:10 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.