Top Ad unit 728 × 90

a
Ad Inside Post

बाअामाले जबरजस्ती बिहे गर्दिनखाेजेपछि रिंकुले घरै त्यागिन्

वीरगन्ज, २५ चैत – उमेर नपुग्दै अभिभावकले जबरजस्ती बिहे गरिदिन लागेपछि वीरगन्जकी रिंकु ठाकुर लोहारले विद्रोह गरेर घर त्यागेकी छन्। बुधवार विहान घरपरिवार छाडेर निस्किएकी रिंकलाई वीरगन्जस्थित माइती नेपालको आफ्नो आवधिक गृहमा संरक्षण दिएर राखेको छ।

‘आज मलाई गलत भन्ने मेरा बुबाआमा र समाजलाई भोलिका दिनमा म सही थिएँ भनेर देखाउनु छ,‘आवधिक गृहमा बुधवार भेटिएकी १७ वर्षीया रिंकुले भनिन्,‘यो कुरालाई मैले इखकै रुपमा लिएकी छु। म अझै पढ्छु। मधेसी समाजका लागि नमुना बनेर देखाउँछु।’

वीरगन्ज उपमहानगरपालिका १ छपकैयाका नागेन्द्र ठाकुर लोहारकी जेठी छोरी हुन् रिंकु। उनले १२ कक्षा पास गरेकी छिन्। उनका एक बहिनी र भाई छन्। उनी हाल वीरगन्जकै तराई एफएममा समाचार वाचन गर्छिन्।

मधेसी दलित परिवारकी रिंकुको उनका अभिभावकले उमेर नपुग्दै भारत घोडासहनका सात कक्षा पढेका युवकसँग बिहेको कुराकानी छिनेका छन्। वैशाख १३ मा उनको बिहे तय भएको छ। बिहेका लागि रिंकुका अभिभावकले केटा पक्षलाई नगद एक लाख ३० हजार रुपैयाँ दाइजो बुझाइसकेका छन्।
उमेर नपुगेकाले अहिले बिहे नगर्ने र अझै पढ्ने इच्छा बारम्बार सुनाउँदा पनि बुबाआमाले जबरजस्ती बिहेको कुरा छिनेको रिंकुले बताइन्।

बाअामाले जबरजस्ती बिहे गर्दिनखाेजेपछि रिंकुले घरै त्यागिन् Reviewed by a on 9:03 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.