Top Ad unit 728 × 90

a
Ad Inside Post

दुःखीलाई जहिले दुःख अनि सुखीलाई जहिले सुख मात्रै मिल्छ, किन? भगवान शिव र पार्वतीको रोचक कथा…

दुखी अनि दरीद्रको झुपडीमा जानुहोस्, त्यहाँ चुहिने छाना, आधा रोटी गाँस अनि सय ठाउँमा टालेको कपडाबाहेक अरू केहि देख्न पाउनुहुनेछैन। तर धनी धनाढ्य, सुखीको आलिशान महलमा जानुहोस्, त्यहाँ चम्किने भुइँ, बासना आउने टोइलेट अनि छुँदा नि फोहोर लाग्ने चिल्लो गाडि देख्नुहुनेछ। कहिलेकाहिँ त ती दरीद्रले सोँच्दोहोला कि- “हे भगवान! यो दुःखीको घैँटोमा कहिले लाग्ला घाम? पेट भरिने गरी कहिले खान पाइएला माम?”
यसैसन्दर्भमा आज हामी तपाईँहरूलाई भगवान शिव र पार्वतीको एउटा रोचक कथा सुनाउन गैरहेका छौँ:

एक चोटि माता पार्वतीले भगवान शिवलाई भनिन्- “हे प्रभो! मैले पृथ्वीका ती दुःखी अनि गरीब मनुष्यलाई हेर्छु। फेरि ती धनी र सुखी मनुष्यलाई पनि हेरिरहेकै हुन्छु। अनि हजुरको लीला पनि अपरम्पार छ, जो मनुष्य जन्मैदेखि दुःखी छ, हजुर उसैलाई बढि दुःख दिनुहुन्छ र जसको आँगनमा सुन बिच्छ्याइएको हुन्छ, हजुर उसैको छानामा हीरा वर्षाउनुहुन्छ। यस्तो भेदभाव किन प्रभो?”
माता पार्वतीको प्रश्न गम्भीर थियो। उनको मनमा पसेको शङ्काको अङ्कुरलाई हटाउन शिवले पार्वतीलाई धर्तीमा मनुष्यको रूप लिएर जान आग्रह गरे। दुवैजना पतिपत्नीको रूप लिएर एक गाउँमा आइपुगे र त्यहिँ बसोबास गर्ने निर्णय गरे।

शिवले पार्वतीलाई भने- “हे गंगे! हामी तिम्रा प्यारा मनुष्यको धर्तीमा छौँ र हामी पनि मनुष्यकै रूप लिएर आएका छौँ। त्यसैले हामीले पनि मनुष्यकै नियम पालना गर्नुपर्दछ। म भोजनको लागि सामग्री जुटाउन जान्छु, तिमी चुल्होको निर्माण गर्दै गर!”
त्यसपछि मानवरूपी शिव त्यहाँबाट भोजनको सामग्री जुटाउन हिँडे र माता पार्वती चुल्होको लागि इँटाको व्यवस्था गर्न गाउँतर्फ लागिन्। उनले त्यहाँ जीर्ण अवस्थामा रहेको घरबाट इँटा झिकिन् र त्यसैबाट चुल्हो तयार पारिन्। चुल्होको निर्माण हुने बित्तिकै भगवान शिव खाली हात त्यहाँ प्रकट भए र पार्वतीले सोधिन्- “खै त प्रभु भोजन? हजुर त खाली हात आउनुभयो, अब के खाने?”

शिवले भने- “अब त्यसको जरुरत पर्नेछैन गंगे! पहिला यो भन तिमीले चुल्होको लागि त्यो इँटा कहाँबाट ल्यायौ?”
पार्वतीले भनिन्- “हे आर्यपुत्र! यस गाउँमा धेरै यस्ता घरहरू छन् जसको रक्षा सही ढङ्गले गरिएको छैन। थुप्रै घरहरू भत्किन लागेका छन् र मैले त्यहि भत्किएको घरबाट इँटा ल्याएकी हुँ।”

जुन घर पहिल्यै देखि खराब थियो, त्यहि घरबाट इँटा किन ल्याएकी? सध्य अनि राम्रो घरबाट पनि त ल्याउन सक्थ्यौ भन्ने शिवजीको प्रश्नमा पार्वतीले भनिन्- “प्रभु ती सध्य घरहरूमा बस्ने मनुष्यहरूले आफ्नो घरको राम्रोसँग ख्याल राख्दोरहेछन्। उनीहरूको घर अति सुन्दर थियो र त्यो सुन्दरतालाई बिगार्नु उचित हुनेथिएन।”

त्यसपछि भगवान शिवले भने- “पार्वती! यहि तिम्रो प्रश्नको जवाफ हो! जो मनुष्यले आफ्नो घरलाई सही ढङ्गले रक्षा गरेका छन् यानिकी सही कर्मबाटै जीवनलाई सुन्दर बनाएका छन्, उनीहरूलाई दुःख कसरी हुन सक्छ? मनुष्यको जीवनमा जो सुखी छ, ऊ आफ्नै कर्मबाट सुखी छ र जो दुःखी छ, ऊ आफ्नै कर्मबाट दुःखी छ। त्यसैले हरेक मनुष्यले आफ्नो जीवनमा त्यस्तो कर्म गर्नुपर्छ, जसबाट मजबूत अनि सुन्दर घर बनोस् र जसबाट कसैले पनि इँटा झिक्न नसकोस्। मनुष्यको जीवनमा मेरो कुनै हात छैन गंगे! यो त सबै उनीहरूकै कर्मको फल हो!”nepaliheadlines

दुःखीलाई जहिले दुःख अनि सुखीलाई जहिले सुख मात्रै मिल्छ, किन? भगवान शिव र पार्वतीको रोचक कथा… Reviewed by a on 6:53 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.