Top Ad unit 728 × 90

a
Ad Inside Post

रहेनन् पूर्व प्रधानसेनापति राणा, अभिभावक गुमाएपछि शोकमा डुब्यो नेपाली सेना

काठमाडौं, २४ चैत । नेपाली सेनाका पूर्व प्रधानसेनापति गडुल शम्शेर जबरा (राणा)को ८० वर्षको उमेरमा बुधबार निधन भएको छ । जबराको निधनले नेपाली सेना शोकमा डुबेको छ ।
विस १९९२ साल चैत ८ गते ललितपुरमा जन्मिएर २०११ साल साउन ४ गते नेपाली सेनामा प्रवेश गरेका जबरा २०४८ साल जेठ १ गते प्रधानसेनापति पदमा नियुक्त भएका थिए । चार वर्ष पदमा रहेका जबराले २०५२ साल बैशाख २१ गते नेपाली सेनाबाट सेवानिबृत्त (अवकास) पाएका थिए ।

२०१३ साल जेठ २० गते देवीदत्त गणको सहायक सेनानी दर्जामा नियुक्त भएका राणाले सैनिक जीवनमा नेपाली सेनाका प्रायः सबैजसो प्रमुख युनिट र विभागहरुको नेतृत्व गरेका थिए । सेनाको पेशागत तालिम लिने क्रममा उनले जुनियर कमाण्ड कोर्स र सिनियर कमाण्ड कोर्स मित्रराष्ट्र भारतबाट र स्टाफ कलेज कोर्स जर्मनीबाट गरेका थिए । नेपाली सेनाले संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यका लागि गणको रुपमा भाग लिने कार्यको शुरुवात विस २०३१ सालमा इजिप्टको साइनाईमा युनेफ दुई मिशनबाट गर्दा पहिलो पटक श्री पुरानो गोरख गणलाई खटाईएको समयमा राणाले गणपतिको रुपमा खट्टिएर आफ्नो जिम्मेवारी सफलतापूर्वक पुरा गरेका थिए । उनले सैनिक जीवनमा आफ्नो जिम्मेवारीहरु प्रशंसनीय ढंगबाट पुरा गरे बापत ॐ राम पट्ट, त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु प्रथम जस्ता उच्च श्रेणीका विभिन्न पदक तथा विभूषणहरु समेत प्राप्त गरेका थिए ।

लामो सैनिक जीवन व्यतित गरेका राणाको कार्यकालमा नेपाली सेनाको विकास र आधुनिकीकरणका अनेक महत्वपूर्ण कार्यहरु भएका थिए । उनको कार्यकालमा मुस्ताङ्ग जिल्लाको कैशाङ्गमा माउन्टेनियरिङ स्कुलको शुरुवात, नेपाली सैनिक प्रतिष्ठानमा अधिकृत आधारभूत तालिम दिने सिलसिलामा स्नातक तहको अध्यापन कार्यको शुरुवात र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको स्थापना गरिएको थियो । त्यस्तै, कटारी(ओखलढुंगा सडक आयोजनाको निर्माण कार्यको शुरुवात लगायतका उल्लेखनीय कार्यहरु उनकै कार्यकालमा भएको थियो ।

दिवंगत राणाको अन्तिम बिदाईमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले उनको पार्थिव शरिरमा माल्यार्पण गरी नेपाली सेनाको तर्फबाट भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिन् । उक्त अवसरमा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरु, नेपाली सेनाका सकलदर्जा एवं अन्य विभिन्न महानुभावहरुका साथै उनका नाता कुटुम्ब तथा परिवारजनहरुले पुष्पमाला अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । राणाको पार्थिव शरिरको अन्त्येष्टिको दौरान पशुपति आर्यघाटमा नेपाली सेनाको एक टुकडीले अन्तिम सम्मान प्रदान गरेको थियो । सो अवसरमा प्रधान सेनापति, पूर्व प्रधान सेनापतिहरु, रथीबृन्द, अवकाश प्राप्त रथीबृन्द एवं परिवारजन लगायत संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

नेपाली सेनामा लामो समय सम्म सेवामा रही नेपाली सेनाको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उजागर गर्ने एक पूर्व प्रधानसेनापति बुधबार ८० वर्षको जीवन व्यतित गर्दै यस संसारबाट परमात्माको काखमा चीरशान्तिबासमा लीन भएकोमा उनको आत्माको चीर शान्ति एवं शोक सन्तप्त परिवारप्रति समग्र नेपाली सेनाले श्रद्धान्जली अर्पण समेत गरेको छ ।
- दैनिक नेपाल डट कम

रहेनन् पूर्व प्रधानसेनापति राणा, अभिभावक गुमाएपछि शोकमा डुब्यो नेपाली सेना Reviewed by a on 7:43 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.