Top Ad unit 728 × 90

a
Ad Inside Post

कांग्रेस सभापति देउवाले खोले दिल्ली जानुको कारण, धेरै दिन नबस्ने

काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दिल्ली यात्राबारे मुख खोलेका छन् ।

वैशाख २ गते भारतको राजधानी नयाँदिल्ली यात्रामा निस्किन लागेका देउवाले पत्नी आरजु राणा देउवाको स्वास्थ्य उपचारका लागि आफू दिल्ली जान लागेको बताए ।

कम्मर र थाईबीचको हाड जोर्नीको समस्याबाट पीडित देउवा पत्नी एवं सांसद आरजुको दिल्लीस्थित गुडगाउँ अस्पतालमा शल्यक्रिया हुन लागेकाले आफू दिल्ली जान लागेको देउवाको भनाई छ ।

उनले दिल्लीमा धेरै दिन नबस्ने भन्दै राजनीतिक भेटघाट पनि नहुने बताए । ‘विशुद्ध उपचारका म दिल्ली जान लागेको हो । बढीमा चार दिन लाग्नेछ, आरजुको अप्रेशन भएलगत्तै फर्किन्छु’ उनले भने ।
dainiknepal

कांग्रेस सभापति देउवाले खोले दिल्ली जानुको कारण, धेरै दिन नबस्ने Reviewed by a on 7:28 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.