Top Ad unit 728 × 90

a
Ad Inside Post

सँगै बस्ने साथी शत्रु निस्केपछि.......

संखुवासभाः एकै मेसमा खाने साथीले खानामा बिष लगाइदिदाँ तीनजना गम्भीर विरामी भएका छन् ।
सभापोखरी–२ मा शुक्रबार साँझ खाना खाने क्रममा भारतको बिहार सुपौल जिल्लाका १८ वर्षीय मोहमत कुर्माङ, अनुवर र मोहमद आल्मीन सख्त घाइते भएको प्रहरीले जनायो ।
घाइतेको खाँदबारी अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित बिपिकोइराला मोमोरियल अस्पतालमा रिफर गरिएको छ ।

आरोपित भारतीय नागरिक मोहमत याहाय मन्सुरी अखीया र घुस्की–९ सुनसरीका १६ वर्षीय मोहमत सजितलाई प्रहरीले शुक्रबार पक्राउ गरी कारवाही अघि बढाएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी गौतमकुमार केशीका अनुसार खानामा मुसा मार्न प्रयोग गरिने जिङ फण्टफाइड औषधी प्रयोग गरेको बताए । विष मिसिएको खाना खाएका मोहमद जिव्रेल र जितनराम भने खतरामुक्त छन् ।

घर निर्माणको काम गर्दै आएको यी भारतीय नागरिकले पेटी ठेकेदार मोहमद आलमसँग लेनदेन नमिलेपछिन खानामा विष लगाएको बुझिएको प्रहरीले जनायो ।
ठेकेदार मोहमद आलमले भने खाना नखाएपछि साथीहरु फसेको प्रहरीको अनुसन्धानमा खुलेको छ । ananpurna post batta

सँगै बस्ने साथी शत्रु निस्केपछि....... Reviewed by a on 6:31 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.