सुरु भयो मत्स्येन्द्रनाथका अन्तिम पर्वहरु
पाटनको प्रसिद्ध मत्स्येन्द्रनाथको भोटो जात्रा सकिएको एक महिना पछि अन्तिम पर्वहरु सुरु भएका छन् ।
जात्रा सकिएको जानकारी दिन र बाँकी रहेका सामान थन्क्याउन यही महिनामा तीनवटा पर्व हुने गुठी संस्थान ललितपुरले जनाएको छ । यही महिनामा गुहुला पारु, किसी गुठी र कोन्हा पूजा गरेर तीन किसिमका पर्व मनाइने कार्यालयका प्रमुख बैकुण्ठ आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “यी पर्वहरु सकिएपछि मात्रै मत्स्येन्द्रनाथको जात्राका काम यस वर्षका लागि सकिन्छ ।”
गुहुला पारु पर्वमा रातभर बत्ती बाल्नुपर्ने हुन्छ । यस पर्वलाई जात्राको अन्त्यका रुपमा हेरिन्छ । कोन्हा पूजामा जावलाखेलमा राखिएका पाङ्ग्रा थन्क्याउने काम हुन्छ । किसी गुठीमा हात्तीको श्राद्ध गर्ने गरिन्छ ।
मत्स्येन्द्रनाथको जात्रा अवधिभर जम्मा २० वटाभन्दा बढी पर्व सञ्चालन हुने गरेका छन् । वर्षभर नै जात्राको तयारी भइरहने प्रमुख आचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अरू खालका जात्राहरु भए पनि सबैभन्दा बढी समय मत्स्येन्द्रनाथको जात्रामा नै समय खर्च हुन्छ ।” छ महिनासम्म सञ्चालन हुने जात्रालाई उपत्यकाको नै सबैभन्दा लामो जात्रा मानिन्छ । रासस
Reviewed by a
on
5:52 AM
Rating:
No comments: