Top Ad unit 728 × 90

a
Ad Inside Post

विश्वका ९ भ्रष्ट देश : नेपाल पर्याे परेन हेराै !

ब्राजिलमा भ्रष्टाचारको आरोपमा फसेका पूर्व राष्ट्रपति डिल्मा रोसुफको ट्रायल सुरु भएको छ। पानामा पेपर्स लीक हुँदा नाम आएपछि डिल्माले राष्ट्रपतिको पद छोड्नु परेको थियो। यो त भ्रष्टाचारको एउटा मुद्धा हो। यस्तै मुद्धा र सार्वजनिक क्षेत्रको भ्रष्टाचार गतिविधिको आधारमा ट्रान्सपरेन्सी इन्टरलेशनलले भ्रष्ट देशको सूची नै तयार गरेको छ।
जान्नुस् विश्वका सबैभन्दा भ्रष्ट ९ देश:
सोमालिया :
गरिबीसंग जुझिरहेको सोमालियाको स्थित अन्तरराष्ट्रिय स्तरमै निकै नाजुन छ। सरकारले यहाँ कर सम्म लिदैन। अन्तरराष्ट्रिय सहयोगको नाममा आउने करोडौं रुपैयाको कुनै हिसाब किताब राखिदैन। अल शबाब जस्ता आतंककारी संगठनले देशमा आतंक मच्चाइरहेको छ। देशको अस्थिर सरकारको कारण यहाँ भ्रष्टाचार दिनप्रतिदिन मौलाएको छ।
उत्तर कोरिया :
किम जोङ उनको परिवार कयौं पिढीँ देखि उत्तर कोरियामा राज गरिरहेको छ। सरकारको लागि सामाजिक तथा आर्थिक उन्नति भन्दा सैन्य शक्तिको वृद्धि बढी महत्वपूर्ण छ। यहाँको गरिब जनताको लागि डोनेशनमा आउने रकम सरकाले सैन्य सामाग्री किन्न खर्च गर्ने गर्छ।
अफगानिस्तान :
यो देश पछिल्लो केही वर्ष देखि युद्धको आगोमा जुधिरहेको छ। युद्ध चल्दै गर्दा देशमा अस्थिरताको माहोल छ र सरकार पनि आफ्नो जिम्मेदारी निभाउन असमर्थ छ। काबुल बाहिर सरकारको पकड नै कम छ। देशको दोस्रो हिस्सामा ट्राइबल प्रमुख र विद्रोहीको पकड बलियो छ, जसले सरकारको नियम कानुन चल्न दिइरहेका छैनन्। अफगानिस्तानमा अपराध, असुरक्षा र कमजोर सरकारको कारण भ्रष्टाचारको बिगबिगी छ।
सुडान :
यो यस्तो देश हो जहाँ जातिय हिंसा अझै जारी छ र गुलामी यहाँको व्यावसायको हिस्सा बनेको छ। शरणार्थीको लागि बनेको अमेरिकी कमिटीको अनुमान अनुसार सन् १९८३ मा यहाँ २० लाख मानिस गृहयुद्ध र भोकमरीले मरेका थिए। सिरिया झै सुडान पनि आफैले पैदा गरेको गृहयुद्धसंग जुधिरहेको हो। देशमा आउने आर्थिक सहयोग पनि युद्धमै होमिएको छ। तेलको ठुलो भण्डार हुनुको बाबजुद सुडान निकै गरिब देशहरु मध्येमा पर्दछ।
दक्षिण सुडान :
यो विश्वको सबैभन्दा युवा देश हो। सन् २०११ मा यो सुडानबाट स्वतन्त्र बनेको थियो। देश चलाउन यहाँ अहिलेसम्म कुनै स्थिर सरकारी ढाँचा बनिसकेको छैन। जसको हातमा देशको सत्ता छ, संसाधनको प्रयोग आफ्नै फाइदाको लागि गर्दैछन्।
लीबिया :
यो पनि तेलको भण्डार भएको देश हो। तर यो देशसंग पनि युद्ध र हिंसा बाहेक देखाउनको लागि अन्य केही छैन। पूर्व तानाशाह मुअम्मर गद्दाफीलाई हटाएपछि खुसियाली त मनाइयो तर नागरिकले देशलाई सहि ढंगले सञ्चालन गर्ने कुनै इच्छा देखाएनन्। देशको अर्थतन्त्र भ्रष्टाचारी, सेना प्रमुख अनि आलाकाँचा अधिकारीहरुले सम्हालेका छन्।
इराक :
इराकबाट अमेरिका हटेपछि युद्धसंग जुधिरहेको देशमा अहिले सत्ताको लागि संघर्ष जारी छ। यसबिच इस्लामिक स्टेटको आतंकले हालत अझै बिगारेको छ। देशको आतंकले आर्थिक विकासलाई नै रोकेको छ। देशको तेल भण्डार यो संघर्ष र अस्थिरताको प्रमुख कारण बनेको छ।
भेनेजुएला :
यो देशमा नागिरकको लागि आधारभुत सेवा पनि छैन। देशको आफ्नै कम्पनीको उत्पादन यहाँका मानिस कोलम्बिया तस्करी गर्छन्। एक अनुमानको अनुसार देशको करिब २३ बिलियन पाउण्डको रकम भ्रष्टाचारलाई भेट चढाइएको छ।
गिनी बिसाऊ :
यो अफ्रिकी देश पनि भ्रष्टाचारको शिकार बनेको छ। देश कमजोर सरकारको चपेटामा छ। देशको कुनै पनि राष्ट्रपतिले आर्थिक क्षेत्रमा थौरै पनि सुधार गर्न सकेनन्। अझै सन् २०१२ मा सेनाले देशको सत्ता आफ्नो हातमा लिएको छ। नेपाली हेडलायनबाट

विश्वका ९ भ्रष्ट देश : नेपाल पर्याे परेन हेराै ! Reviewed by a on 4:01 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.