Top Ad unit 728 × 90

a
Ad Inside Post

२० औँ शताब्दीको भयानक सामुहिक हत्या : यसरी मारिएका थिए ५ लाख कम्युनिस्ट र चिनियाँ

इन्डोनेशियामा सन् १९६५ अक्टोबरमा भएको भयानक नरसंहारको ५० वर्ष बितेको छ। सो नरसंहारमा ५ लाख भन्दा बढी मानिसको ज्यान गएको थियो। त्यो २० औँ शताब्दीको सबैभन्दा भयानक सामूहिक हत्याकाण्ड हो। जसमा खासगरि कम्युनिस्ट, चिनियाँ नागरिकलाई निशाना बनाइएको थियो ।
यो युद्ध इन्डोनेशियाको सबैभन्दा ठुलो पार्टी कम्युनिस्ट पार्टी अफ इन्डोनेशिया (पीकेआई) र मिलेट्री-रिलिजियस ग्रुप (सैन्य-धार्मिक समुह) बिच भएको थियो। त्यो समय इन्डोनेशियाका राष्ट्रपति तो सुकार्नो थिए। तर सेनाका एक जनरल सुहार्तो पनि सत्ता पाउन चाहन्थे।
जब पीकेआईको शक्ति बढ्न थाल्यो तब पीकेआईलाई राष्ट्रपति सुकार्नोको पनि सहयोग मिल्यो। यसबाट मुसलमान अनि सेनाको चिन्ता बढ्न थाल्यो। तनावको सुरुवात यसैबाट भयो। किनकी पीकेआईसंग करिब ३ लाख जवान र २० लाख मानिसको मेम्मबरशिप थियो। धार्मिक दल र सेना भित्र भित्रै पीकेआईसंगको दुश्मनिको भावना बढ्दै थियो।
यसरी सुरु भयो मृत्युको सिलसिला
सन् १९६५ को ३० सेप्टेम्बर – १ अक्टोबरको बिचमा सेनाको एक समुहले ६ जना सिनियर जनरलको हत्या गरिदियो। यो हत्याकाण्डमा राष्ट्रपति सुकार्नोले एक कर्नेललाई आरोप लगाए। यहि मौकामा जनरल सुहार्तोले सेनालाई एकत्रित गरि राजधानीलाई आफ्नो कब्जामा लिए। सेनाले यो हत्याकाण्ड र सत्ता आफ्नो हातमा लिन खोजेको भन्दै पीकेआई र समर्थकमाथी आरोप लगाए।
५ अक्टोबरमा जब मारिएका जनरलको अन्तिम संस्कार हुँदै थियो, तब पीकेआईको विरुद्ध सेनाले देशव्यापी प्रचारबाची गर्दै भित्रभित्रै चाल चल्न थाल्यो। मारिएका जनरलको फोटो देश भरी बाँडियो र कम्युनिस्ट पार्टीका मानिसले यातना दिदै मारेको प्रचार गरियो। जनरलको आंखा समेत कम्युनिस्टले निकाले भन्दै प्रचार भयो। त्यसपश्चात धार्मिक दल, धार्मिक गुरु र सेनाको मनमा दबेको कम्युनिस्ट प्रतिको घृणा बाहिर निस्कियो। देशभर नरसंहार भयो।
मिडियाले दिएन साथ
९ अक्टोबरमा राष्ट्रपति सुकार्नोले क्याबिनेटको मिटिङ बोलाए। मिडियाले भने यो मिटिङलाई वेवास्त गर्यो। मिडिया पनि सेनाकै कब्जामा थियो। त्यसैले यो पुरै घटनालाई मिडियाले इन्डोनेशियाली राष्ट्रिय क्रान्तिको संज्ञा दिएर प्रचार गर्यो।मिडियाले राष्ट्रपति सुकार्नोको सत्ता उखेलेर फ्याँक्ने भनि प्रचार गरेको थियो। सुकार्नो माथी निकै तनाव बढेपछि उनले सेनाका जनरल सुहार्तोलाई सत्ता हस्तान्तरण गरे।जनरल सुहार्तोले ३१ वर्ष इन्डोनेशियामा शासन चलाएका थिए।
नेपाली हेडलाइनकाे सहयाेगमा

२० औँ शताब्दीको भयानक सामुहिक हत्या : यसरी मारिएका थिए ५ लाख कम्युनिस्ट र चिनियाँ Reviewed by a on 7:32 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.