Top Ad unit 728 × 90

a
Ad Inside Post

पशु झैँ दाम्लोमा बेलबारीका ६ बर्षीय बालक : बजार जान्छु भनी हिडेकी बुहारी ७ महिनादेखि बेपत

बेलबारी – मोरङको बेलबारी ४ लालभित्तिका एक ६ बर्षीय बालक पशु झै दाम्लोमा बाधिँन बाध्य भएका छन । बिद्यालय जाने उमेरका बालक जगत राउत बिगत ७ महिना देखी दाम्लोमा बस्न बाध्य बनेका छन । बोल्न र हिड्न नसक्ने राउत गत फागुनदेखि दाम्लोमा पशुझै बस्न बाध्य बनेका हुन । बालकका हजुरबा हजुरआमा सँग बसेका राउतको आर्थिक अभाबका कारण उपचार समेत हुन सकेको छैन ।
बजार जान्छु भनेर बिगत ७ महिना अघि हिँडेकी बुहारी अहिलेसम्म आएकी छैन, राउतकी हजुरअमा इन्दिरा राउतले भनिन् बोल्न पनि सक्दैन हिड्न पनि सक्दैन उपचार पाए नाति हिँड्थ्यो होला । दिनभरी दाम्लोमा बाँधेर राख्नुपर्छ राति कोठामा लगेर थुन्नुपर्छ आउने जाने सँग खानेकुराको आश गर्छ तर आफै खान सक्दैन हजुरआमा इन्दिराले भनिन ।
नातिलाई छोडौ भने कता लडेर दुर्घटना होला भन्ने डर,काम गर्न जान पनि पाईदैन हात मुख जोड्न गाह्रो भयो हजुरामाले भनिन उस्को बाबुको पनि कमाई राम्रो छैन । ६ बर्षिय राउतका बाबू गुन्जन राउत मोरङ सहकारी अस्पतालमा कार्यालय सहयोगीको रुपमा काम गर्छन । ईलाम देखि बसाँई सरेर आयौँ अहिले नातिलाई उपचार गरेर हिड्न सक्ने बनाऊन पाए हामी पनि काम गर्न सक्थ्याँै । हजुरआमा इन्दिराले आखाँभरी आँसु पार्दै सहयोग गरिदिन सहयोगीहरुलाई आग्रह समेत गरिन ।

पशु झैँ दाम्लोमा बेलबारीका ६ बर्षीय बालक : बजार जान्छु भनी हिडेकी बुहारी ७ महिनादेखि बेपत Reviewed by a on 6:48 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.