Top Ad unit 728 × 90

a
Ad Inside Post

लापर्वाही गरेर सवारी दुर्घटना गराएर कसैको मृत्यु भएमा चालकको लाइसेन्स खारेज हुन

लापर्वाही गरेर सवारी दुर्घटना गराएर कसैको मृत्यु भएमा चालकको लाइसेन्स खारेज हुने भएको छ ।
सार्वजनिक महत्वको प्रस्तावमाथि आइतबार व्यवस्थापिका संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नियमावलीमा संशोधन गरिसकिएको बताएका छन् ।
उनले सवारी दुर्घटनामा कसैको मृत्यु भएमा वा लापर्वाही गरेको पाइएमा चालकको सवारी चालक अनुमति पत्र नै खारेज गर्ने बताए ।
यसअघि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्तावका प्रस्तावक सांसद रवीन्द्र अधिकारीले ‘लामो तथा छोटो दूरीमा चल्ने यातायातको दुर्घटना अत्यधिक मात्रामा बढी जनधनको क्षति भइरहेको हुँदा सडक सुरक्षा कार्ययोजना पूर्णरुपमा लागु गरी स्थल यात्रालाई सुरक्षित बनाउन अत्यावश्यक भएको’ भन्ने प्रस्ताव पेश गरेका थिए ।
प्रस्तावको समर्थन गर्दै सांसद शिवजी यादवले प्राविधिक जाँचबिना साना घुम्ती भएका सडक निर्माण र सवारीसाधनको नियमित जाँच नहुने कारण बढी दुर्घटना हुने गरेको बताउँदै सार्वजनिक यातायात सम्बन्धी ऐननियमको प्रभावकारी कार्यावयन हुनुपर्ने धारणा राखे ।
छलफलमा सांसदहरु अमनलाल मोदी, दिलनाथ गिरी, डा वंशीधर मिश्र, रामहरि सुवेदी, अनन्तप्रसाद पौडेल, रामकुमार भट्टराई, नवराज शर्मा लगायतले सवारी दुर्घटना नियन्त्रणका लागि सरकारले गम्भीर भई काम गर्नुपर्ने बताउँदै दुर्घटना नियन्त्रणको सुझाव दिए ।

लापर्वाही गरेर सवारी दुर्घटना गराएर कसैको मृत्यु भएमा चालकको लाइसेन्स खारेज हुन Reviewed by a on 9:24 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.