Top Ad unit 728 × 90

a
Ad Inside Post

अनलाइन जागिर लगाइदिने भन्दै ठगी गर्ने राय पक्राउ

काठमाडौँ, अनलाइन जागिर लगाइदिने भन्दै ठगी गर्ने रायन राय भन्ने रामवीरकुमार रायलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही जमुनिया– २ घर भएका रायले अनलाइन जागिरमा लगाई आकर्षक तलब तथा भाडा खर्च, खाजा खर्चकोसमेत व्यवस्था गर्ने प्रलोभनमा ११ जनाबाट रु १६ हजार लिई बिनातलब छ महिनासम्म काम लगाएका थिए ।
पीडितले पटकपटक तलबको माग गर्दा आलटाल गर्दै झुलाइरहेपछि उनीहरुले आफूहरु ठगिएको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।
कलङ्कीमा इन्टरनेसनल आइटी नेपाल प्रालि नामको अफिस सञ्चालन गरी उनले विभिन्न पत्रपत्रिकामा विज्ञापन निकाली ठगी गर्ने काममा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ । रासस

अनलाइन जागिर लगाइदिने भन्दै ठगी गर्ने राय पक्राउ Reviewed by a on 9:40 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.