वारी जमुनाका गायक खेमराजको अवस्था गम्भिर
- साप्ताहिक संवाददाता
भाद्र ९, २०७३-
कलेजो सम्बन्धि गम्भिर समस्याका कारण चावहिलस्थित मेडिकेयर अस्पतालमा भर्ना भएका गायक खेमराज गुरुङको पछिल्लो स्वास्थ अवस्था गम्भिर भएको चिकित्सकहरुले जनाएका छन् ।
‘वारी जमुना पारी जमुना...’ गीतका लोकप्रिय गायक गुरुङलाई यति वेला भेन्टिलेटरमा राखेर उपचार भैरहेको नेपाल सांगीतिक संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिएका छन् ।
गुरुङको थप उपचारकालागि भारत लैजानु पर्ने चिकित्सकहरुले बताएपनि उनको पछिल्लो स्वास्थ अवस्थाका कारण त्यो सम्भव नभएको बताइन्छ । पछिल्लो चार दिन देखि उनलाई जण्डिस देखापरेपछि आईसियूमा राखेर उपचार जारी राखिएको छ ।
ekantpur
वारी जमुनाका गायक खेमराजको अवस्था गम्भिर
Reviewed by a
on
3:23 AM
Rating:
Reviewed by a
on
3:23 AM
Rating:
No comments: